उच्च अदालतको मुद्दा फर्छयोटमा उत्साहजनक प्रगति 

राजविराज राजविराज
|
शुक्रबार, श्रावण १७, २०७६
|
|
३२ पटक हेरिएको
Shares
उच्च अदालतको मुद्दा फर्छयोटमा उत्साहजनक प्रगति 

सारांश

  •     मुद्दा फर्छयोटमा उत्साहजनक प्रगति भएको भनदै उनले न्याय सम्पादन कार्य अझ छिटो, छरितो प्रभावकारी र सहज बनाउन विभिन्न योजना कार्यान्वयनमा ल्याउने घोषणा समेत गरे ।
  •       उच्च अदालतले शुक्रबार आयोजना गरेको ‘नागरिक समाज तथा संचारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रम’ मा मुख्य न्यायाधिश श्रेष्ठले आर्थिक वर्ष २०७४÷७५ मा ३२ दशमलव ४४ प्रतिशत मुदा फर्छयोट गरेको यस ईजलासले आर्थिक वर्ष ०७५÷७६ मा ७२ दशमल ४० प्रतिशत मुद्दा फर्छयोट गर्न सफल भएको जानकारी दिए ।
  •       आयोजित अन्तरक्रियामा अदालतले आर्थिक वर्ष २०७६÷७७ मा मुद्दा फर्छयोट कार्यलाई अझ तिब्रता प्रदान गर्नुका साथै सेवाग्राहीलाई छिटो छरितो न्याय सम्पादन सेवा दिन विभिन्न योजना अघि सारेको जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १७ साउन । 
    उच्च अदालत जनकपुर राजविराज ईजलासका मुख्य न्यायाधिश तिलबहादुर श्रेष्ठले आ.ब. २०७५÷७६ मा मुद्दा फर्छयोटमा उत्साहजनक प्रगति भएको बताएका छन् । 
    मुद्दा फर्छयोटमा उत्साहजनक प्रगति भएको भनदै उनले न्याय सम्पादन कार्य अझ छिटो, छरितो प्रभावकारी र सहज बनाउन विभिन्न योजना कार्यान्वयनमा ल्याउने घोषणा समेत गरे । 
    उच्च अदालतले शुक्रबार आयोजना गरेको ‘नागरिक समाज तथा संचारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रम’ मा मुख्य न्यायाधिश श्रेष्ठले आर्थिक वर्ष २०७४÷७५ मा ३२ दशमलव ४४ प्रतिशत मुदा फर्छयोट गरेको यस ईजलासले आर्थिक वर्ष ०७५÷७६ मा ७२ दशमल ४० प्रतिशत मुद्दा फर्छयोट गर्न सफल भएको जानकारी दिए । 
    आयोजित अन्तरक्रियामा अदालतले आर्थिक वर्ष २०७६÷७७ मा मुद्दा फर्छयोट कार्यलाई अझ तिब्रता प्रदान गर्नुका साथै सेवाग्राहीलाई छिटो छरितो न्याय सम्पादन सेवा दिन विभिन्न योजना अघि सारेको जनाएको छ । 
    २०७४÷७५ मा सरेर आएको २ वर्ष नाघेका ५ सय ८९ मुद्दालाई फर्छयोट गरी २०७५÷७६ मा शुन्यमा झार्न सफल भएको जानकारी दिदै उनले भावी दिनमा पनि छिटो छरितो र प्रभावकारी न्यायसम्पादन कार्य सम्पन्न गर्न अदालतले श्रोत साधन र जनशक्तिको उच्चतम परिचालन गर्ने प्रतिबद्घता जनाए । 
    उनले न्यायमा सर्वसाधारण सहज पहुच स्थापित गर्ने उदेश्यले आर्थिक वर्ष ०७६÷७७ मा निशुल्क कानूनी सहायता केन्द्रको स्थापना, कारागारभित्र न्यायीक शिविर, असक्त र बृद्घबृद्घाहरुको लागी अदालत सहयोगी सेवा, सेवाग्राहीको गुनासो सुनुवाईका लागी ‘मिट द जज कार्यक्रम, सूचना तथा सहयोग कक्ष तथा बार बेन्च बिचको सयन्त्र गठन लगायतको योजना कार्यान्वयनमा आउने जानकारी पनि दिए । 
    न्याय सम्मको पहुचमा सर्वसाधारणको पहुच बृद्घि गर्ने उद्देश्यले जिल्लाको १८ मध्ये १२ ओटा स्थानिय तहमा पुगी ‘समुदायमा अदालत’ कार्यक्रम सम्पन्न गरी सकेको अदालतले बाँकी अन्य स्थानमा पनि सो कार्यक्रमलाई निरन्तरता दिने उनको भनाई  छ । 
    न्यायधिश नारायण प्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा न्यायाधिश बिपुल न्योपाने रजिष्टार रोशण कुमार भट्टराई, बार एशोसिएसनका जिल्ला अध्यक्ष रामानन्द साह, पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा, महिला अधिकारकर्मी आभासेतु सिंह लगायतपनि बोल्दै न्याय प्रणालीमा गर्नुपर्ने सुधार र न्यायमा सहजपहुँच स्थापित बारे आ–आफनो धारणा राखेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको  निर्माणको माग गर्दै अनसन 
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको  निर्माणको माग गर्दै अनसन 
जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रलाई आवश्यक उपकरण प्रदान
जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रलाई आवश्यक उपकरण प्रदान
सात फिट लामो १० किलो तौल भएको अजिङ्गर फेला
सात फिट लामो १० किलो तौल भएको अजिङ्गर फेला
आमा र भाइले आफुलाई बदनाम गर्न खोजेको जेठो छोराको गुनासो
आमा र भाइले आफुलाई बदनाम गर्न खोजेको जेठो छोराको गुनासो
मलेठ घटनाको प्रतिवेदन सार्वजनिक हुन्छ : मन्त्री साह
मलेठ घटनाको प्रतिवेदन सार्वजनिक हुन्छ : मन्त्री साह
राजविराज उच्च अदालत बार एशोसिएशनमा लोकतान्त्रिक समूहको वर्चश्व
भन्सार छलेको मोबाइल डाटा केवल र मोटरसाईकलसहित दुई पक्राउ
भन्सार छलेको मोबाइल डाटा केवल र मोटरसाईकलसहित दुई पक्राउ
भाउजुलाई जलाएर मारेको  आरोपमा देवर कारागार चलान
भाउजुलाई जलाएर मारेको  आरोपमा देवर कारागार चलान
ठूलो जमघट, ठूलो स्वरमा डिजे  नबजाउन जिप्रकाको अनुरोध
ठूलो जमघट, ठूलो स्वरमा डिजे  नबजाउन जिप्रकाको अनुरोध
सप्तरीमा नतिजा आएको पाँच मध्ये काँग्रेस र एमाले  दुई÷दुई तथा जनमत एक पालिकामा निर्वाचित,  पाँच वटै पालिकाका निवर्तमान प्रमुख र अध्यक्ष पराजित
सप्तरीमा नतिजा आएको पाँच मध्ये काँग्रेस र एमाले  दुई÷दुई तथा जनमत एक पालिकामा निर्वाचित,  पाँच वटै पालिकाका निवर्तमान प्रमुख र अध्यक्ष पराजित