कोशी पीडितहरुको आन्दोलन १५ औं दिन, नेपाल–भारतका संचारकर्मीहरुद्वारा सहयोगको प्रतिबद्घता

राजविराज राजविराज
|
आइतबार, भाद्र १५, २०७६
|
|
७५ पटक हेरिएको
Shares
कोशी पीडितहरुको आन्दोलन १५ औं दिन, नेपाल–भारतका संचारकर्मीहरुद्वारा सहयोगको प्रतिबद्घता

सारांश

  •     आफुहरुले पाउनु पर्ने मुआब्जा र क्षति नपाउँदा बिल्लीबाठ भएको भन्दै आफना समस्यालाई विशेष प्राथमिकताका साथ उठाईदिन हुन कोशी पीडितहरुले आग्रह गरेका थिए ।
  •       नेपाल तथा भारत दुवै देशका संचारकर्मीहरुले सम्झौता अनुसारको मुआब्जाको पर्खाइमा कोशी पीडितहरु बर्षौ बर्ष अत्यन्त दुख कष्टका साथ जीवन बिताइरहेकोमा चिन्ता व्यक्त गर्दै मुआब्जाका लागी आ–आफनो स्तरबाट पनि पहल गर्ने प्रतिबद्घता जनाएका थिए ।
  •       नेपालका संचारकर्मीहरुको नेतृत्व नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा तथा भारतीय संचारकर्मीहरुको नेतृत्व ईन्डिया टुडे टिभीका बिहार राज्य प्रतिनिधि कोशल कुमारले गरेका थिए ।

    राजविराज÷कोशी पीडितहरुले गत साउन ३२ गतेदेखी सुरु गरेको रिले अनशन शनिबार १५ दिन पुगेको छ । सो अवसरमा उनीहरुको समस्या बारे नेपाल तथा भारतका संचारकर्मीहरुले महत्वका साथ कलम चलाउने प्रतिबद्घता व्यक्त गरेका छन् । 
    सुनसरी र सप्तरीको सिमाबर्तीस्थल कोशी ब्यारेज कन्ट्रोल रुम नजिकै अनसनमा बसेका कोशी पीडितको अवस्था बुभ्mन शनिबार त्यहा पुगेको दुवै देशका संचारकर्मीहरुले सो प्रतिबद्घता व्यक्त गरेका हुन । 
    कोशी नदी कटान डुबान पीडित संघर्ष समिति सुनसरी, उदयपुर र सप्तरीका बरिष्ठ सहसंयोजक ज्योति झाले कोशी ब्यारेज निर्माणका क्रममा नेपाल–भारत दुई देश भएको कोशी सम्झौता अनुसार क्षतिपुर्ति र मुआब्जा पाउन नसकेको गुनासो पोखे । उनले मुआब्जाका लागि तिन पुस्ता वित्तिसक्दा पनि भारत सरकारले ध्यान नदिनएको भन्दै नेपाल सरकारसँग पहल गर्न आग्रह गर्दै अबको केहि दिनमै आन्दोलनलाई अझ सशक्त बनाउने तयारी भईरहेको जानकारी समेत दिए । 
    आफुहरुले पाउनु पर्ने मुआब्जा र क्षति नपाउँदा बिल्लीबाठ भएको भन्दै आफना समस्यालाई विशेष प्राथमिकताका साथ उठाईदिन हुन कोशी पीडितहरुले आग्रह गरेका थिए । 
    नेपाल तथा भारत दुवै देशका संचारकर्मीहरुले सम्झौता अनुसारको मुआब्जाको पर्खाइमा कोशी पीडितहरु बर्षौ बर्ष अत्यन्त दुख कष्टका साथ जीवन बिताइरहेकोमा चिन्ता व्यक्त गर्दै मुआब्जाका लागी आ–आफनो स्तरबाट पनि पहल गर्ने प्रतिबद्घता जनाएका थिए । 
    नेपालका संचारकर्मीहरुको नेतृत्व नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा तथा भारतीय संचारकर्मीहरुको नेतृत्व ईन्डिया टुडे टिभीका बिहार राज्य प्रतिनिधि कोशल कुमारले गरेका थिए । 
    तिन पुस्ता वितिसक्दा पनि नेपाल–भारत विच २०११ सालमा भएका सम्झौता अनुसार अझै मुआब्जा पाउन नसकेको भन्दै विभिन्न तिन बुँदे माग सहित कोशी पिडितले गत ३२ साउन देखि सुनसरी तथा सप्तरीको सिमानामा पर्ने सप्तकोशी ब्यारेजको कन्टा«ेल रुम नजिकै अनिश्चित कालिन रिले अनसन थालेका हुन ।     
    कोशी पिडितहरुले कोशी ब्यारेज निर्माणको क्रममा अधिग्रहण गरिएको जग्गा, बाढीले जग्गा र बालिमा पुर्याएको क्षति, जग्गाको सुरक्षा तथा नेपाल भारत सरकार विच भएको बहुचर्चित कोशी सम्झौता कार्यान्वयन लगायतका माग सहित रिले अनसनमा बसेको र माग पुरा नभएसम्म आन्दोलन कुनै पनि हालतमा नरोकिने बताउँदै आएका छन् । 
    उल्लेखित माग सम्बोधन र पहलका लागी गत १३ साउनमा संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए । कोशी ब्यारेज निर्माणका क्रममा विस्थापनमा परेका सप्तरी, सुनसरी र उदयपुरका हजारौं पिडितहरु दशकौं देखि मुआब्जा माग्दै संघर्ष गर्दैछ । तर, नेपाल र भारत दुवै देश तर्फका सरकारको उदासिनताका कारण मुआब्जा अझै पाउन नसकेको भन्दै उनीहरु संगठित भएर समिति बनाई आन्दोलन अघि बढाएका छन् ।     

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन जिल्लाका महिलालाई हिन्दु धर्मको संरक्षणबारे प्रशिक्षण
तीन जिल्लाका महिलालाई हिन्दु धर्मको संरक्षणबारे प्रशिक्षण
सरकारी छाप दस्तखत किर्ते गरेको आरोपमा दुई जना पक्राउ 
सरकारी छाप दस्तखत किर्ते गरेको आरोपमा दुई जना पक्राउ 
शान्तिका लागि चैत २ गतेदेखी महायज्ञ हुँदै 
शान्तिका लागि चैत २ गतेदेखी महायज्ञ हुँदै 
मिटरब्याजी साहबाट  पीडित परिवारद्वारा प्रदर्शन
मिटरब्याजी साहबाट  पीडित परिवारद्वारा प्रदर्शन
प्रदेशसभा सदस्य सिंहद्वारा अस्पतालको आकस्मिक निरिक्षण, अस्पतालले बिरामीलाई छिटोछरितो सेवा दिन अग्रसर हुनुपर्नेमा जोड 
प्रदेशसभा सदस्य सिंहद्वारा अस्पतालको आकस्मिक निरिक्षण, अस्पतालले बिरामीलाई छिटोछरितो सेवा दिन अग्रसर हुनुपर्नेमा जोड 
५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस
५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस
अतिविपन्न ५० परिवारलाई राहत सामाग्रि वितरण
अतिविपन्न ५० परिवारलाई राहत सामाग्रि वितरण
नेजपाको फरक शैलीमा चुनावी अभियान
नेजपाको फरक शैलीमा चुनावी अभियान
बाल दिवसमा बालबालिकाद्वारा विरोध  प्रदर्शन, प्रमुखलाई पाँच रुपैयाको सहयोग 
बाल दिवसमा बालबालिकाद्वारा विरोध  प्रदर्शन, प्रमुखलाई पाँच रुपैयाको सहयोग 
सप्तरीमा कोरोना नियन्त्रणको पूर्वतयारी गरिदै,  आक्सिजनको स्टकका साथै आइसोलेशन कक्ष बनाइदै 
सप्तरीमा कोरोना नियन्त्रणको पूर्वतयारी गरिदै,  आक्सिजनको स्टकका साथै आइसोलेशन कक्ष बनाइदै