दैनिक समाचरदाता
राजविराज, २६ असोज ।
राजबिराज नगरपालिका वडा १२ का वडा सदस्य शिव नारायण यादब (शिबु) को शुक्रवार निधन भएको छ ।
वडा १२ दमाबतिका वडा सदस्य ६५ बर्षिय शिव नारायण यादव लामो समयदेखि बिरामी थिए । उनी स्थानिय निकायको निर्वाचनमा राजपा नेपालबाट सदस्य पदमा निर्वाचित भएका थिए ।
यसैबीच राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादबले एक विज्ञप्ति जारि गर्दै सदस्य यादबको असमायीक निधनले नगरपालिकालाई पुगेको क्षतिप्रति सम्पुर्ण नगरकार्यपालिका स्तब्ध भएको जनाइएको छ ।
जारि विज्ञप्तिमा दुःखद घडीमा शोक सन्तप्त परिवारप्रति हार्दिक सम्वेदना प्रकट गर्दै उनको आत्माको चिरशान्तिको कामना गर्दै सम्पुर्ण परिवारजनमा धैर्यधारण गर्न आग्रह गरिएको छ ।
यता यादवको निधनप्रति शोक जनाउन असोज २७ गते सोमवारका दिन राजबिराज नगरपालिका कार्यालय तथा त्यस मातहतका सम्पुर्ण बिषयगत कार्यालय एक दिनका लागि बिदा दिने निर्णय गरिएको नगरपालिका प्रमुख यादबले जानकारी दिएका छन् ।
वडा सदस्य शिबुको निधन शोकमा आज नगरपालिका बिदा
सारांश
- वडा १२ दमाबतिका वडा सदस्य ६५ बर्षिय शिव नारायण यादव लामो समयदेखि बिरामी थिए ।
- उनी स्थानिय निकायको निर्वाचनमा राजपा नेपालबाट सदस्य पदमा निर्वाचित भएका थिए ।
- यसैबीच राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादबले एक विज्ञप्ति जारि गर्दै सदस्य यादबको असमायीक निधनले नगरपालिकालाई पुगेको क्षतिप्रति सम्पुर्ण नगरकार्यपालिका स्तब्ध भएको जनाइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया