खुश्वुको हत्या आरोपमा एक पक्राउ

दैनिक संवाददाता दैनिक संवाददाता
|
बुधबार, श्रावण २७, २०८३
|
|
१३१ पटक हेरिएको
Shares
खुश्वुको हत्या आरोपमा एक पक्राउ

सारांश

  • पक्राउ पर्नेमा सप्तरीको बोदेबरसाईन नगरपालिका १ महनौरी टोलका २० बर्षीय गजेन्द्रनाराण यादव छन् ।
  • मंगलबार साँझ गाउँबाट पक्राउ परेका उनलाई बुधबार सप्तरी जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुरमा म्याद थपेर आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
  • जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार २०८२ मंसिर ११ गते राती ११ बजेतिर गाउँमै आयोजित एक बैबाहिक समारोहमा १४ बर्षीया खुश्वु डिजेबाला गाडीमा नृत्य गर्दै थिईन् ।
दैनिक समाचारदाता
राजविराज, २७ साउन । 
खुश्वु पालको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको बोदेबरसाईन नगरपालिका १ महनौरी टोलका २० बर्षीय गजेन्द्रनाराण यादव छन् ।
मंगलबार साँझ गाउँबाट पक्राउ परेका उनलाई बुधबार सप्तरी जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुरमा म्याद थपेर आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार २०८२ मंसिर ११ गते राती ११ बजेतिर गाउँमै आयोजित एक बैबाहिक समारोहमा १४ बर्षीया खुश्वु डिजेबाला गाडीमा नृत्य गर्दै थिईन् ।
नृत्य गर्दैगर्दा अचानक अत्याधिक मादक पदार्थ सेवन गरेका यादव सो गाडीमा चढी खुश्वुसंग अभद्र व्यवहार गरेका थिए । सोही क्रममा प्रतिवाद गर्दा यादवले खुश्वुलाई धक्का दिएका थिए । जसकारण गाडीमै चलिरहेको जेनरेटरमा खुश्वुको टाउको ठोकिन पुगेको थियो । टाउकोमा गम्भिर चोट लागेका खुश्वुलाई तत्कालै उपचारका लागि स्थानिय गजेन्द्रनारायण सिंह अस्पताल पु¥याइएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित न्यूरो अस्पताल पु¥याइएको थियो । त्यहाँ पनि स्वास्थ्य अवस्थामा सुधार नआएपछि खुश्वुलाई थप उपचारका लागि काठमाडौं स्थित किर्तिपुर अस्पताल लगिएको थियो ।
केही दिनको उपचारपछि स्वास्थ्य अवस्थामा सुधार देखिएपछि २०८२ पुष ४ गते डिसचार्ज गरी ल्याउँदै गर्दा बाटोमा पुनः स्वास्थ्य अवस्था बिग्रिएको र सिरहाको लहान स्थित प्रादेशिक अस्पतालमा भर्ना गराएकोमा सोही दिन खुश्बुको मृत्यू भएको थियो ।
घट्नापछि फरार रहेका यादवको खोज तलाश कार्य जारी राखेकै बेला मंगलबार साँझ गाउँघरमै लुकी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिए ।
मृतकका दाजु सुरज पालको जाहेरीले इलाका प्रहरी कार्यालय कडोरबोनामा उनी माथि ज्यान सम्बन्धि कसुरमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऐन आएपछि दलितमाथी हुने सबै प्रकारको भेदभाव अन्त्य हुन्छ ः मन्त्री साह
ऐन आएपछि दलितमाथी हुने सबै प्रकारको भेदभाव अन्त्य हुन्छ ः मन्त्री साह
वक्तृत्वकला प्रतियोगिता सम्पन्न 
वक्तृत्वकला प्रतियोगिता सम्पन्न 
समाजसेवी देव दम्पतीद्वारा बृद्धबृद्धालाई  सम्मानसहित सिरक प्रदान
समाजसेवी देव दम्पतीद्वारा बृद्धबृद्धालाई  सम्मानसहित सिरक प्रदान
उपचारको अभावमा दृष्टिबिहीन १५ वर्षिया सुनिता घरमै बस्न बाध्य 
उपचारको अभावमा दृष्टिबिहीन १५ वर्षिया सुनिता घरमै बस्न बाध्य 
होली पर्व शान्त र मर्यादित रुपमा मनाउन सबैमा अपील 
होली पर्व शान्त र मर्यादित रुपमा मनाउन सबैमा अपील 
गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट  प्रतियोगिताको फाइनलमा कोइलाडी र सकरपुरा
गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट  प्रतियोगिताको फाइनलमा कोइलाडी र सकरपुरा
बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएपछि बिच्चलीमा नवालिका 
बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएपछि बिच्चलीमा नवालिका 
तिलाठीका वडा अध्यक्ष मिश्र काँग्रेस  परित्याग गरि जसपामा प्रवेश
तिलाठीका वडा अध्यक्ष मिश्र काँग्रेस  परित्याग गरि जसपामा प्रवेश
स्वास्थ्य सामग्री हस्तान्तरण 
स्वास्थ्य सामग्री हस्तान्तरण 
सबलद्वारा आगलागिमा क्षति भएका शौचालय तथा ट्युवेलहरुको पुर्ननिर्माण सम्पन्न 
सबलद्वारा आगलागिमा क्षति भएका शौचालय तथा ट्युवेलहरुको पुर्ननिर्माण सम्पन्न 

छुटाउनुभयो कि ?

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

उच्च शिक्षामा पहुँचका लागि स्वजाति माझ चेतना जगाउनमा जोड

उच्च शिक्षामा पहुँचका लागि स्वजाति माझ चेतना जगाउनमा जोड

कंकालिनि मन्दिरमा विगत तीन वर्षदेखी राँगा बलिमा कमी,  यस वर्ष गत वर्षको तुलनामा ७५ वटा कम बली प्रदान

कंकालिनि मन्दिरमा विगत तीन वर्षदेखी राँगा बलिमा कमी, यस वर्ष गत वर्षको तुलनामा ७५ वटा कम बली प्रदान

सप्तरीका दुई शक्तिपीठमा पुष्पवृष्टि

सप्तरीका दुई शक्तिपीठमा पुष्पवृष्टि