शारीरिक रुपमा अशक्त रहेका व्यक्तिको तथ्याङ्क संकलन अभियान चलाईने

दैनिक संवाददाता दैनिक संवाददाता
|
आइतबार, भाद्र २१, २०८३
|
|
१८ पटक हेरिएको
Shares
शारीरिक रुपमा अशक्त रहेका व्यक्तिको तथ्याङ्क संकलन अभियान चलाईने

सारांश

  • समावेशी अपाङ संघ सप्तरीले आईतबार विभिन्न योजना सार्वजनिक गर्दे आफ्नो नवौं साधारणसभा तथा तेश्रो जिल्ला अधिवेशनको क्रममा उक्त कुराको जानकारी दिएको हो ।
  • अधिवेशनले अगामी तीन बर्षे कार्यकालका लागि पुनः सतिशचन्द्र झाकै नेतृत्वमा सर्वसम्मतीले नयाँ कार्य समिति समेत गठन गरेको छ ।
  • उद्घाट्न समारोहमा अध्यक्ष झाले संस्थाद्वारा गत आ.
दैनिक समाचारदाता
राजविराज, २१ भदौ । 
शारीरिक रुपमा अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरुको जिल्लाभर तथ्याङ्क संकलन अभियान सञ्चालन तथा अभिलेखीकरण गरिने भएको छ ।
समावेशी अपाङ संघ सप्तरीले आईतबार विभिन्न योजना सार्वजनिक गर्दे आफ्नो नवौं साधारणसभा तथा तेश्रो जिल्ला अधिवेशनको क्रममा उक्त कुराको जानकारी दिएको हो ।
अधिवेशनले अगामी तीन बर्षे कार्यकालका लागि पुनः सतिशचन्द्र झाकै नेतृत्वमा सर्वसम्मतीले नयाँ कार्य समिति समेत गठन गरेको छ ।
उद्घाट्न समारोहमा अध्यक्ष झाले संस्थाद्वारा गत आ.ब. २०८२÷०८३ मा भएको विभिन्न गतिविधिबारे जानकारी गराउँदै भावी दिनमा अपाङ्गता भएका व्यक्तिहरुका हक अधिकार, सम्मान, समानता र समाजिक समावेशीकरणका लागि थप कार्यक्रम अगाडी बढाईने बताए ।
उनले सार्वजनिक गरेको भावी कार्ययोजनामा अपाङ्गता सहायक सामग्री वितरण तथा प्रविधि पहुँचमा अभिवृद्धि गर्ने, समुदायस्तरीय विपद् जोखिम न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, अपाङ्गता समावेशी जलवायु परिवर्तन तथा जलवायु न्याय सम्बन्धी अभिमुखिकरण गर्ने, अपाङ्गता भएका व्यक्तिहरुका अधिकार तथा सेवा सुविधाका लागि पैरवी तथा वकालत लगायतका विषय समेटिएको छ ।
कार्यक्रममा संघका सचिव अशोक कुमार यादवले प्रगति तथा कोषाध्यक्ष संगिता खडकाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका कर्मचारी नवीन कुमार ढकालले कार्यक्रम सञ्चालन गरेका थिए । संघका अध्यक्ष झाको अध्यक्षता तथा वडाध्यक्ष अनिल दासको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा राष्ट्रिय अपाङ्गका केन्द्रिय सदस्य जगदीश अर्याल, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, पत्रकार महासंघका केन्द्रिय परिषद् सदस्य मनोज कुमार माझी, राजविराज नगरपालिकाका महिला विकास अधिकृत अनिता चौधरी, सबल नेपालका कार्यक्रम संयोजक मनिष महर्जन, बौद्धिक अपाङ्गता संघका अध्यक्ष शम्भु चौरसिया, जिल्ला सदस्य राधा अर्याल लगायतले शुभकामना दिएका थिए ।
नयाँ कार्य समितिमा हाल ८ जना सदस्य मात्र राखिएको निर्वाचन समितिका संयोजक जगदीश प्रसाद अर्यालले जानकारी दिए । नवनिर्वाचित कार्य समितिको पहिलो बैठकबाट पद विभाजन गरिने संघका समावेशी अधिकृत ज्ञानेन्द्र कुमार झाले जानकारी दिए । २०७२ सालमा स्थापना भएको उक्त संस्थाले अधिवेशनमा संघको विधान र मस्यौदा परिमार्जन समेत गरेको संघले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?