पत्रकार महासंघले छठ पर्वपछि चरणबद्ध आन्दोलन गर्ने

दैनिक संवाददाता दैनिक संवाददाता
|
शुक्रबार, कार्तिक २१, २०८३
|
|
१३ पटक हेरिएको
Shares
पत्रकार महासंघले छठ पर्वपछि चरणबद्ध आन्दोलन गर्ने

सारांश

  • महासंघका महासचिव रामप्रसाद दाहालद्वारा शुक्रबार जारि विज्ञप्तिमा महासंघको शुक्रबार बसेको केन्द्रीय समितिको उपलब्ध बैठकले समाचार कक्षमै प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटना, प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश र सञ्चारमाध्यममा श्रम अधिकार उल्लंघनलगायतका विषयलाई लिएर आन्दोलन गर्ने निर्णय गरेको जनाइएको छ ।
  • अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेको बैठकले समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड समग्र पत्रकारिता क्षेत्रमाथिको प्रहार भएको निष्कर्ष निकालेको छ ।
  • घटनाको स्वतन्त्र छानबिन गरी दोषीमाथि कारबाही गर्न महासंघले माग गरेको छ ।
दैनिक समाचारदाता
राजविराज, २० कात्तिक । 
नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र आफ्ना माग सम्बोधन गराउन छठ पर्वपछि चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा शुक्रबार जारि विज्ञप्तिमा महासंघको शुक्रबार बसेको केन्द्रीय समितिको उपलब्ध बैठकले समाचार कक्षमै प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटना, प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश र सञ्चारमाध्यममा श्रम अधिकार उल्लंघनलगायतका विषयलाई लिएर आन्दोलन गर्ने निर्णय गरेको जनाइएको छ ।
अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेको बैठकले समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड समग्र पत्रकारिता क्षेत्रमाथिको प्रहार भएको निष्कर्ष निकालेको छ । घटनाको स्वतन्त्र छानबिन गरी दोषीमाथि कारबाही गर्न महासंघले माग गरेको छ ।
त्यस्तै, सरोकारवाला पक्षसँग छलफल नगरी एकपक्षीय रूपमा ल्याइएको प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश फिर्ता लिन सरकारसँग आग्रह गरेको छ । अध्यादेश जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई समेत अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।
गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गर्ने, पारिश्रमिक र चाडपर्व खर्च नदिने कार्य श्रम अधिकारको गम्भीर उल्लंघन भएको महासंघको ठहर छ ।
लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउँदै आएको रकम कटौती नगर्न र प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार वितरण गर्न पनि महासंघले सरकारसँग माग गरेको छ ।
महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संविधानको संरक्षणका लागि शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) लाई सक्रिय बनाउने निर्णयसमेत गरेको छ ।
यसका साथै आफ्ना मुद्दाबारे संसद्मा आवाज उठाउन सांसदहरूसँग बहस तथा पैरवी गर्ने र प्रेस स्वतन्त्रताका पक्षधर अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने महासंघले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दृष्टिबिहीन परिवारलाई हेल्प मधेशीको सहयोग
दृष्टिबिहीन परिवारलाई हेल्प मधेशीको सहयोग
कुखुरा पालक कृषकहरुका लागि आधारभूत तालिम सम्पन्न
कुखुरा पालक कृषकहरुका लागि आधारभूत तालिम सम्पन्न
रसुवा बाढीको त्रासदी र पूर्व सूचना प्रणाली
रसुवा बाढीको त्रासदी र पूर्व सूचना प्रणाली
मुटु रोगको निःशुल्क उपचार शिविरमा  दुई सय भन्दा बढीले पाए उपचार 
मुटु रोगको निःशुल्क उपचार शिविरमा  दुई सय भन्दा बढीले पाए उपचार 
ज्यान मुद्दाका फरार प्रतिबादी कारागार चलान  
ज्यान मुद्दाका फरार प्रतिबादी कारागार चलान  
अत्याधिक गर्मीका कारण विद्यालय बन्द तापक्रम घटेपछि व्रतालु महिला उत्साहित
अत्याधिक गर्मीका कारण विद्यालय बन्द तापक्रम घटेपछि व्रतालु महिला उत्साहित
बालविवाह गर्न खोजे कानुनी कारबाही गरिने वडा अध्यक्षको चेतावनी
बालविवाह गर्न खोजे कानुनी कारबाही गरिने वडा अध्यक्षको चेतावनी
संजय साहलाई सञ्चार उद्यमी अरुण सिंघानियाको  हत्याको दोषी ठहर गर्दै जन्मकैदको फैसला
संजय साहलाई सञ्चार उद्यमी अरुण सिंघानियाको  हत्याको दोषी ठहर गर्दै जन्मकैदको फैसला
पाँच महिनादेखी तलब नखाएको भन्दै राविनपाका सरसफाई कर्मचारी आन्दोलित 
पाँच महिनादेखी तलब नखाएको भन्दै राविनपाका सरसफाई कर्मचारी आन्दोलित 
नवनिर्वाचित जनप्रतिनिधिको मृत्यु 
नवनिर्वाचित जनप्रतिनिधिको मृत्यु