दैनिक समाचारदाता
राजविराज, २५ कात्तिक ।
चार दिने छठ पर्व अन्तरगत मुलतः दुई दिन जलाशयमै पूजा गरिने हुँदा जलाशयहरु सफाई गरिन्छ । तर, पूजा गर्न सफाई गरिएको जलाशय पुनः फोहर बन्दै गएको छ ।
छठ पर्वको समयमा स्थानियदेखि नेपाल तथा सशस्त्र प्रहरी र नेपाली सेनासम्मले मिलेर जलाशयहरु दिनभर लगाएर सरसफाई गर्छन ।
छठ पर्व सम्पन्न भएको दिनदेखी नै पुनः ती जलाशयहरु जलाशयहरु सबै पक्षबाट उपेक्षित हुन्छन् । र सो जलाशयहरुमा स्थानीयहरुले भाडाबर्तन र कपडा धुने तथा दिशापिसाव समेत गर्ने थलोको रुपमा परिणत भएर जान्छ ।
छठ पुजाको लागि प्रयोग गरिने राजविराजस्थित भगवती पोखरी, कल्टु पोखरी, तुरन्ती पोखरी, पुर्णी पोखरी लगायतका जलाशयहरु पुनः फोहोर हुँदै गएको छ । छठ घाट निर्माणका लागि प्रयोग गरिएको केराको थम, कागजको झण्डा, बत्ति, बाँसका टुक्रा, कागज, माटोका भाडा लगायत अहिले जलाशयमा त्यत्तिकै देख्न सकिन्छ ।
छठ पर्व सम्पन्न भएको एक साता बितिसकेको अवस्थामा अहिले पोखरीहरुमा जताततै फोहोर र झारपात देखिन थालिएको छ । पोखरी नजिक घर भएका अधिकांशले आ–आफनो नजिक पर्ने जालशयमा फोहोर फाल्न थालेपछि पोखरी कुरुप र दुर्गन्धित बन्न थालेको छ ।
स्थानियहरुले फोहोर फाल्ने कार्य मात्र नगरेर लुगा धुने, भाडावर्तन माझ्ने र दिशापिसा समेत गर्न थालेपछि ती जलाशयहरु दुर्गन्धित बन्दै गएको छ ।
विभिन्न पुजाका समयमा देविदेउताका बनाईने माटाका मुर्तिहरु पनि पुजा समाप्ति पछि पोखरीमै गएर शेलाउने गरेका कारण पनि पोखरीहरु कुरुप र प्रदुषित बन्ने गरेको छ ।
गैरसरकारी महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरीले छठ पर्वको बेलामात्र सरसफाई हुने र त्यसपछि बर्षैभरी छठघाट उपेक्षित हुनुमा स्थानियदेखी स्थानिय सरकारसमेत दोषि रहेकोमा जलाशयलाई दुषित हुनबाट रोक्न त्यसको उचित हेरचार, दैनिकी सरसफाई र व्यवस्थापन गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।
छठ पूजाका लागि सफाई गरिएको जलाशयहरुमा पुनः फोहर
सारांश
- छठ पर्वको समयमा स्थानियदेखि नेपाल तथा सशस्त्र प्रहरी र नेपाली सेनासम्मले मिलेर जलाशयहरु दिनभर लगाएर सरसफाई गर्छन ।
- छठ पर्व सम्पन्न भएको दिनदेखी नै पुनः ती जलाशयहरु जलाशयहरु सबै पक्षबाट उपेक्षित हुन्छन् ।
- र सो जलाशयहरुमा स्थानीयहरुले भाडाबर्तन र कपडा धुने तथा दिशापिसाव समेत गर्ने थलोको रुपमा परिणत भएर जान्छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया