दैनिक समाचारदाता
राजविराज, ९ माघ ।
अख्तियारको टोली बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालय सप्तरीका एक कर्मचारीलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमा तीन वर्षदेखी करार सेवामा कार्यालय सहयोगि पदमा कार्यरत केशव कुमार यादवलाई सेवाग्रहीसँग चार हजार रुँपैया घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो ।
सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका महुली निवासी ३० वर्षिय यादव विगत तीन वर्षदेखी करार सेवामा मुद्दा फाँटमा कार्यरत थिए । सोही फाँटमा रहेको मुद्दा मिलाइदिने भन्दै एक सेवाग्राहीसँग चार हजार रुँपैया घुस लिएको अवस्थामा उनलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।
यता पक्राउ परेका यादवलाई बिहीबारै आवश्यक कारवाहीका लागि आयोगको क्षेत्रिय कार्यालय इटहरी लगिएको जनाइएको छ ।
घुससहित जिप्रकाका कर्मचारी पक्राउ
सारांश
- जिल्ला प्रशासन कार्यालय सप्तरीमा तीन वर्षदेखी करार सेवामा कार्यालय सहयोगि पदमा कार्यरत केशव कुमार यादवलाई सेवाग्रहीसँग चार हजार रुँपैया घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो ।
- सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका महुली निवासी ३० वर्षिय यादव विगत तीन वर्षदेखी करार सेवामा मुद्दा फाँटमा कार्यरत थिए ।
- सोही फाँटमा रहेको मुद्दा मिलाइदिने भन्दै एक सेवाग्राहीसँग चार हजार रुँपैया घुस लिएको अवस्थामा उनलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
प्रतिक्रिया
० प्रतिक्रिया