दैनिक समाचारदाता
राजविराज, १३ जेठ ।
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेशस्तरीय सिनियर महिला तथा यू–१९ छनोट प्रतियोगिता जेठ १४ गतेदेखि राजविराजमा सुरु हुने भएको छ ।
सप्तरी क्रिकेट संघको आयोजनामा आयोजित हुने उक्त प्रतियोगितामा प्रतियोगितामा मधेश प्रदेशका आठ जिल्लाका महिला क्रिकेट टोलीहरूको सहभागिता रहने सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादवले जानकारी दिएका छन् ।
प्रतियोगितामार्फत प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेशको प्रतिनिधित्व गर्ने उत्कृष्ट सिनियर महिला तथा यू–१९ खेलाडी छनोट गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन खेल सिरहा र सप्तरीबीच तथा दोस्रो खेल सर्लाही र धनुषाबीच हुने तय गरिएको छ ।
यसैबीच नेपाल क्रिकेट संघले यू–१९ महिला खेलाडीहरूको उमेर बारे संशोधित जानकारी सार्वजनिक गरेको छ । क्यानले २०८२ जेठ २३ गते जिल्ला तथा प्रदेश क्रिकेट संघहरूलाई पठाएको आधिकारिक पत्रमार्फत नयाँ व्यवस्था लागू गरिएको जानकारी दिएको हो ।
पत्रअनुसार यसअघि यू–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि खेलाडीहरूको उमेरको कट या डेट १ सेप्टेम्बर २००७ उल्लेख गरिएको छ ।
तर एशियन क्रिकेट काउन्सीलबाट प्राप्त नयाँ जानकारीअनुसार एसीसी अन्तर्गत आयोजना हुने यू–१९ महिला प्रतियोगिताका लागि १ सेप्टेम्बर २००६ कायम गरिएको छ ।
त्यस्तै इन्टरनेशनल क्रिकेट काउनसील अन्तर्गत आयोजना हुने यू–१९ महिला प्रतियोगिताका लागि भने १ सेप्टेम्बर २००७ नै कायम रहने क्यानले स्पष्ट पारेको छ ।
सोही आधारमा खेलाडी छनोट प्रक्रिया अगाडि बढाउन सबै जिल्ला तथा प्रदेश क्रिकेट संघहरूलाई निर्देशन दिइएको पत्रमा उल्लेख छ ।
क्रिकेट अपरेसन म्यानेजर विनोद कुमार दासद्वारा हस्ताक्षरित उक्त पत्रपछि अहिले जारी मधेश प्रदेशस्तरीय छनोट प्रतियोगितामा पनि सोही मापदण्डअनुसार खेलाडी छनोट गरिने जनाइएको छ ।
मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
सारांश
- सप्तरी क्रिकेट संघको आयोजनामा आयोजित हुने उक्त प्रतियोगितामा प्रतियोगितामा मधेश प्रदेशका आठ जिल्लाका महिला क्रिकेट टोलीहरूको सहभागिता रहने सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादवले जानकारी दिएका छन् ।
- प्रतियोगितामार्फत प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेशको प्रतिनिधित्व गर्ने उत्कृष्ट सिनियर महिला तथा यू–१९ खेलाडी छनोट गरिने आयोजकले जनाएको छ ।
- प्रतियोगिताको उद्घाटन खेल सिरहा र सप्तरीबीच तथा दोस्रो खेल सर्लाही र धनुषाबीच हुने तय गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
कंकालिनि मन्दिरमा विगत तीन वर्षदेखी राँगा बलिमा कमी, यस वर्ष गत वर्षको तुलनामा ७५ वटा कम बली प्रदान
सप्तरीका दुई शक्तिपीठमा पुष्पवृष्टि
छिन्नमस्ताका कर्मचारीले दशैंमा पनि पाएनन् तलब, जेष्ठ नागरिक समेत सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित
धामी झाँक्रीको भर पर्दा अकाल मै बालकको ज्यान गयो
बदगामामा आगलागि हुँदा १३ घर जलेर नष्ट
गाउँको विकासका लागी समाजसेवी रोशनले गरे खाका सार्वजनिक
तीन सदा परिवारका मुख्य व्यक्ति वेपत्ता भएपछी झुपडीमा छैन दशैको रौनक
प्रतिक्रिया
० प्रतिक्रिया