नेपालका बरिष्ठ बैज्ञानिक तथा  अनुसन्धानकर्ता अग्रवालको निधन

राजविराज राजविराज
|
शनिबार, चैत्र १, २०७६
|
|
८३ पटक हेरिएको
Shares
नेपालका बरिष्ठ बैज्ञानिक तथा  अनुसन्धानकर्ता अग्रवालको निधन

सारांश

  •     नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ समेत रहेका उनले नेपालमै पहिलो पटक रिसर्चका लागि (च्ीब्ब्द्य) आरल्याब संचालित गर्ने उनी नै पहिलो व्यक्ति हुन् ।
  • उनको सो ल्याबबाट एक सय जना बैज्ञानिकहरु उत्पादन भएका छन् ।
  •       उनले नेपालमा रसायन शास्त्रलाई अगाडी बढाउन ठूलो योगदान दिएका छन् ।

    राजविराज÷नेपालमा रसायन शास्त्र तथा जिव रसायन शास्त्रका एक अब्बल वरिष्ठ बैज्ञानिक तथा अनुसन्धानकर्ता प्रा.डा. विश्वनाथ अग्रवालको शनिबार राती निधन भएको छ । 
    रौतहटको गौर नगरपालिका १ निवासी प्रा.डा. अग्रवालको ललितपुरको सानेपास्थित आफ्नै निवासमा निधन भएको हो । उनी लामो समयदेखी अस्वस्थ थिए ।  
    नेपालबाट रसायन शास्त्रमा उनी पहिलो फुल ब्राइट स्कलर हुन् । साथै उनले जर्मनको हम्बर्ड स्कलर पनि प्राप्त गरेका थिए । स्व. प्रा.डा. अग्रवाल त्रिभुवन विश्वविद्यालयमा फिजिकल केमिस्ट्रिका अवकाश प्राप्त प्राध्यापक हुन् भने पोखरा विश्वविद्यालयले उनलाई बायो केमेस्ट्रिमा मानार्थ प्राध्यापक दिएका थिए ।
    नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ समेत रहेका उनले नेपालमै पहिलो पटक रिसर्चका लागि (च्ीब्ब्द्य) आरल्याब संचालित गर्ने उनी नै पहिलो व्यक्ति हुन् । उनको सो ल्याबबाट एक सय जना बैज्ञानिकहरु उत्पादन भएका छन् । 
    उनले नेपालमा रसायन शास्त्रलाई अगाडी बढाउन ठूलो योगदान दिएका छन् । बि.स. २०६४ सालमा सम्पन्न नेपालको पहिलो संविधान सभाका सदस्य समेत हुन् । 
    उनी गैरस्थित मित्रा मेमोरियल स्कुलका संस्थापक समेत हुन भने नेपालमा इन्टरनेट सेवा प्रदायक कम्पनि वल्र्ड लिंक उनकै छोराले संचालन गरेका हुन् । प्रा.डा. स्व. अग्रवालको दुई छोरा दिलिप अग्रवाल वल्र्ड लिंकका निर्देशक हुन् भने अर्को छोरा मनोज अग्रवाल तथा छोरी राधा अग्रवाल अमेरिकामा चिकित्सक पेशामा छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रोत नखुलेको ५ लाख भन्दा बढी भारतीय रकमसहित एक पक्राउ
श्रोत नखुलेको ५ लाख भन्दा बढी भारतीय रकमसहित एक पक्राउ
बढी सेवा शुल्क लिने एजेन्सीलाई विज्ञापन बोर्डको कारवाही
बढी सेवा शुल्क लिने एजेन्सीलाई विज्ञापन बोर्डको कारवाही
देउवालाई प्रतिगमनकारीको  मतियार नबन्न वरिष्ठ  राजनीतिज्ञ मण्डलको सुझाव
देउवालाई प्रतिगमनकारीको  मतियार नबन्न वरिष्ठ  राजनीतिज्ञ मण्डलको सुझाव
सार्वजनिक विदाका दिन सरकारी गाडीको दुरुपयोग, जनप्रतिनिधि चढेको सरकारी  गाडीको ठक्करबाट दुई जना गम्भिर
सार्वजनिक विदाका दिन सरकारी गाडीको दुरुपयोग, जनप्रतिनिधि चढेको सरकारी  गाडीको ठक्करबाट दुई जना गम्भिर
दुर्घटनामा एकको मृत्यु, एक गम्भिर
शिक्षा क्षेत्रलाई कमजोर बनाउँदै विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको छ ः प्याव्सन, एन व्याव्सन
शिक्षा क्षेत्रलाई कमजोर बनाउँदै विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको छ ः प्याव्सन, एन व्याव्सन
लिटिल एन्जेल बिजयी
लिटिल एन्जेल बिजयी
शिक्षामा कोरियाली सहयोग बढाउन आग्रह
शिक्षामा कोरियाली सहयोग बढाउन आग्रह
कुकुरलाई बचाउने क्रममा  महिलाको ज्यान गयो 
कुकुरलाई बचाउने क्रममा  महिलाको ज्यान गयो 
फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह