दैनिक समाचारदाता
राजविराज, १० असार ।
सप्तरीमा बुधबार ६ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै सप्तरीमा संक्रमितको संख्या २ सय २ पुगेको छ । यसअघि अघिल्लो दिन १९ जना संक्रमित फेला परेको थियो ।
पछिल्लो पटक सप्तरीको बलानबिहुल गाउँपालिकाका ४ र बोदेबसाईन नगरपालिकाका २ गरि ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा. रन्जित झाले जानकारी दिएका छन् ।
यस्तै बुधबारै कोरोनाबाट निको भएर ३ महिलासहित १५ जना डिस्चार्ज भएपछि जिल्लामा कोरोनाबाट निको हुनेको संख्या ९१ पुगेको छ । यता १ सय ११ जना संक्रमितको स्थानिय साईकृष्ण अस्पतालको आइसोलेशन कक्षमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताए ।
जिल्लाको १८ स्थानिय तहमध्ये हालसम्म १६ वटा स्थानिय तहबाट कोरोना संक्रमित फेला परिसकेका छन् । यसैबीच लकडाउन खुकुलोसँगै कोरोना संक्रमितको संख्या पनि बढ्दै गएकाले लापरवाही नगर्न तथा सुरक्षा सतर्कता अपनाउन स्थानिय प्रशासनले सबैसँग अपील समेत गरेको छ ।
यसैबीच बुधबार साँझ सम्ममा नेपालमा कोरोना संक्रमितको कुल संख्या १० हजार ७ सय २८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार ३ सय ३८ जना रहेको जनाइएको छ ।
सप्तरीमा संक्रमितको संख्या २ सय २, निको भए १५ जना
सारांश
- पछिल्लो पटक सप्तरीको बलानबिहुल गाउँपालिकाका ४ र बोदेबसाईन नगरपालिकाका २ गरि ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा.
- रन्जित झाले जानकारी दिएका छन् ।
- यस्तै बुधबारै कोरोनाबाट निको भएर ३ महिलासहित १५ जना डिस्चार्ज भएपछि जिल्लामा कोरोनाबाट निको हुनेको संख्या ९१ पुगेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया