दैनिक समाचारदाता
राजविराज, २३ मंसिर ।
धर्मी हल्फा महिला विकास क्लव सप्तरीले ३२७ औं अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरममा आइतबार अपांगता भएका व्यक्तिहरुलाई राहत सामाग्रि वितरण गरेको छ ।
सप्तरीको महदेवा गाउपालिका १ सोनरा गाउका अपांगता भएका व्यक्तिहरुलाई सहयोग स्वरुप सो सामाग्री वितरण गरेको हो ।
गाउँका ५ जना महिलालाई र ५ जना पुरुष गरि १० जनालाई संस्थाले थाल, ग्लास, बेडसिट, धोती (पुरुषलाई) र साडी (महिलालाई) वितरण गरेको क्लवका अध्यक्ष एबं समाजसेवी ई. सूर्य नारायण यादवले जानकारी दिएका छन् ।
सोही अवसरमा अध्यक्ष यादवले अपांगता भएका व्यक्तिहरुलाई आमाबुबा, परिवार, समाज र स्थानिय सरकारले बिशेष ध्यान दिनु पर्ने अनुरोध समेत गरे ।
स्थानीय सोनरा राष्ट्रिय प्राथमिक विद्यालयको विद्यालय व्यवस्थापन समितको अध्यक्ष बासुदेव यादवको अध्यक्षता र महदेवा गाउपालिकाको अध्यक्ष दिपक कुमार यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बिशिष्ट अतिथि सगरमाथा अपांग कल्याण संघ सप्तरीका सचिव बीरेन्द चौधरी, वडा अध्यक्ष जयश्वर दास, वडा सदस्य कमला देवी यादव, प्रहरी चोकी पकरीको प्रहरी सहायक निरीक्षक बिष्णु रोका, सेवा निवृत प्रहरी नायव उपरीक्षक उपेन्द्र प्रसाद मंडल, प्रेस काउन्सिलको पुर्व सदस्य देवराम यादव, सुकदेव यादव र प्रधानाध्यापक वसन्त कुमार चौधरीले अपांगता भएका व्यक्तिहरुको हकहित र अधिकारको लागि सम्बन्धित सबै सरोकारवालाहरुले सार्थक प्रयास र पहल गर्नु पर्ने विचार व्यक्त गरेका थिए ।
अपाङ्गता भएका व्यक्तिहरुलाई राहत सामाग्रि वितरण
सारांश
- सप्तरीको महदेवा गाउपालिका १ सोनरा गाउका अपांगता भएका व्यक्तिहरुलाई सहयोग स्वरुप सो सामाग्री वितरण गरेको हो ।
- गाउँका ५ जना महिलालाई र ५ जना पुरुष गरि १० जनालाई संस्थाले थाल, ग्लास, बेडसिट, धोती (पुरुषलाई) र साडी (महिलालाई) वितरण गरेको क्लवका अध्यक्ष एबं समाजसेवी ई.
- सूर्य नारायण यादवले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया