सप्तरीमा निषेधाज्ञा अन्त्य भएकै दिन ५२ नयाँ संक्रमित थपिए

राजविराज राजविराज
|
मंगलबार, भाद्र ३०, २०७७
|
|
२२ पटक हेरिएको
Shares
सप्तरीमा निषेधाज्ञा अन्त्य भएकै दिन ५२ नयाँ संक्रमित थपिए

सारांश

  • राजविराज नगरपालिकाका ३३ जना सँगै सप्तरी जिल्ला अदालतका चार कर्मचारी, छिन्नमस्ता अस्पतालका दुई कर्मचारी र नेपाल प्रहरीका एक जना गरी समेत गरी जिल्लमा ५२ जना नयाँ संक्रमितको पुष्टि भएको हो ।
  •   संक्रमित हुनेहरुमा अदालतका २६, ३०, ४० र ४९ वर्षीय पुरुष रहेका छन भने छिन्नमस्ता अस्पताका २१ वर्षीय एक पुरुष र २३ वर्षीय एक महिल तथा ३७ वर्षीय एक प्रहरी समेतमा संक्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
  • त्यस्तै हनुमाननगर कंकालनी नगरपालिकाका ६ जना, बलानविहुल गाउँपालिका र शम्भुनाथ नगरपालिकाका १÷१ जना तथा महदेबा गाँपालिका दुई जनामा संक्रमित पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ३० भदौं । 
झण्डै साढे पाँच महिनापछि सप्तरीमा निषेधज्ञा हटाएकै दिन मंगलबार जिल्लामा ५२ जना नयाँ कोरोना संक्रमित थपिएका छन ।
राजविराज नगरपालिकाका ३३ जना सँगै सप्तरी जिल्ला अदालतका चार कर्मचारी, छिन्नमस्ता अस्पतालका दुई कर्मचारी र नेपाल प्रहरीका एक जना गरी समेत गरी जिल्लमा ५२ जना नयाँ संक्रमितको पुष्टि भएको हो । 
संक्रमित हुनेहरुमा अदालतका २६, ३०, ४० र ४९ वर्षीय पुरुष रहेका छन भने छिन्नमस्ता अस्पताका २१ वर्षीय एक पुरुष र २३ वर्षीय एक महिल तथा ३७ वर्षीय एक प्रहरी समेतमा संक्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
त्यस्तै हनुमाननगर कंकालनी नगरपालिकाका ६ जना, बलानविहुल गाउँपालिका र शम्भुनाथ नगरपालिकाका १÷१ जना तथा महदेबा गाँपालिका दुई जनामा संक्रमित पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 
यता जिल्ला बाहिर मोरङ्गका एक जना, सिरहाका एक जना र महोत्तरीका एक जना समेत गरी ५५ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
सोमबार मात्रै कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकबाट मंगलबारदेखि सप्तरीमा निषेधज्ञा अन्त्य हुने निर्णय गरेका थियो ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?