दैनिक समाचारदाता
राजविराज, २७ असोज ।
कोरोना महामारीका कारण झण्डै ७ महिनादेखी शैक्षिक संस्था बन्द रहेको अबस्थामा स्थानिय निकायहरूले बैकल्पिक समुहगत कक्षा संचालन गरेका छन् ।
सोही अनुसार राजबिराज नगरपालिका वडा नं. १ स्थित राष्ट्रिय आधारभुत बिद्यालय डुमरी शिवथानका बिद्यार्थीहरूका लागि बैकल्पिक कक्षा संचालन गरिएको छ ।
सो स्थानमा रहेको दुई टोल डुमरी र शिवथानका विभिन्न ५ स्थानमा बिधार्थीहरूका लागि कक्षा संचालनमा ल्याइएको बिद्यालयका प्रधानाध्यापक धनिलाल साहले जानकारी दिएका छन ।
असोज १५ गतेदेखि संचालनमा ल्याइएको समुहगत कक्षामा २० देखि २५ जना सम्म बिद्यार्थीहरूलाई राखेर पठनपाठन संचालन गर्दै आएको उनले बताए ।
स्वास्थ्य मन्त्रालय अनुसार समाजिक दुरी कायम गर्दै सबै समुहका बिद्यार्थीलाई माक्स, सेनिटाईजर, साबुन पानीसहित बस्न त्रिपाल समेतको ब्यबस्थापन गरिएको प्रअ साहले बताए ।
सो समूहगत कक्षा संचालनकालागि राजबिराज नगरपालिकाले भदौ ३१ गतेको नगरस्तरिय प्रअको बैठकको निर्णय अनुसार प्रत्येक समुहमा बिद्यालयका एक शिक्षकको जिम्मेवारी दिएर कक्षा संचालनमा ल्याइएको प्रअ साहको भनाई छ ।
डुमरी शिवथानमा बैकल्पिक कक्षा संचालन
सारांश
- सोही अनुसार राजबिराज नगरपालिका वडा नं.
- १ स्थित राष्ट्रिय आधारभुत बिद्यालय डुमरी शिवथानका बिद्यार्थीहरूका लागि बैकल्पिक कक्षा संचालन गरिएको छ ।
- सो स्थानमा रहेको दुई टोल डुमरी र शिवथानका विभिन्न ५ स्थानमा बिधार्थीहरूका लागि कक्षा संचालनमा ल्याइएको बिद्यालयका प्रधानाध्यापक धनिलाल साहले जानकारी दिएका छन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया