दैनिक समाचारदाता
राजविराज, २ भदौं ।
नेकपा एमाले निकटका युवा र विद्यार्थीहरुले सरकारले राजनीतिक दल सम्बन्धि अध्यादेशलाई दल विभाजन गर्ने उदेश्यले ल्याईएको भन्दै बुधवार राजविराजमा मशाल जुलुस प्रर्दशन गर्दै विरोध प्रदर्शन गरेको छ ।
राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु जिल्ला कमिटी सप्तरीको संयुक्त अगुवाईमा स्थानीय हुनमान मन्दिरको प्रागंणबाट निस्केको मसाल जुलुश बजार क्षेत्र परिक्रमा पश्चात् जनआन्दोलन चौकमा पुगी विरोध सभामा परिणत भएको थियो ।
सभालाई युवा संघ नेपालका जिल्ला अध्यक्ष चितरंजन यादव, अनेरास्ववियुका जिल्ला अध्यक्ष ललित नारायण रजक, एमाले जिल्ला कमिटीका सचिव देवनाथ यादव, जिल्ला कमिटी सदस्य अखिलेश झा, दुर्गानन्द ठाकुर, आकाश यादव, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य रंजन झा लगायतले सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दल एमालेलाई विभाजन गर्नका लागी अध्यादेश ल्याइएको बताए ।
अध्यायदेशले मुलुकलाई अस्थिरता तर्फ धकेल्ने भन्दै फिर्ता नलिए आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् ।
अध्यादेशविरुद्ध नेकपा एमालेद्वारा बिरोध
सारांश
- राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु जिल्ला कमिटी सप्तरीको संयुक्त अगुवाईमा स्थानीय हुनमान मन्दिरको प्रागंणबाट निस्केको मसाल जुलुश बजार क्षेत्र परिक्रमा पश्चात् जनआन्दोलन चौकमा पुगी विरोध सभामा परिणत भएको थियो ।
- सभालाई युवा संघ नेपालका जिल्ला अध्यक्ष चितरंजन यादव, अनेरास्ववियुका जिल्ला अध्यक्ष ललित नारायण रजक, एमाले जिल्ला कमिटीका सचिव देवनाथ यादव, जिल्ला कमिटी सदस्य अखिलेश झा, दुर्गानन्द ठाकुर, आकाश यादव, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य रंजन झा लगायतले सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दल एमालेलाई विभाजन गर्नका लागी अध्यादेश ल्याइएको बताए ।
- अध्यायदेशले मुलुकलाई अस्थिरता तर्फ धकेल्ने भन्दै फिर्ता नलिए आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया