सहमति कार्यान्वयनको माग गर्दै चन्द कार्यकर्ताद्वारा जिप्रकामा धर्ना

राजविराज राजविराज
|
सोमबार, आश्विन १८, २०७८
|
|
४४ पटक हेरिएको
Shares
सहमति कार्यान्वयनको माग गर्दै चन्द कार्यकर्ताद्वारा जिप्रकामा धर्ना

सारांश

  •     अघिल्लो सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न दबाब स्वरुप धर्ना दिएको उनीहरुले बताएका छन् ।
  •     नेकपा सप्तरीका युवा नेता रामनारायण मण्डलको अगुवाइमा चन्दका कार्यकर्ताहरु सोमबार धर्नामा बसेका हुन् ।
  •     तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग २०७७ फागुन २१ गते ३ बुँदे सहमति गरेर चन्द समूह शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको थियो ।

दैनिक समाचारदाता
राजविराज, १८ असोज ।
    नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले सरकारसँग भएको तीन बुँदे सहमति कार्यन्वयन गर्न माग गर्दै सोमबार सप्तरी जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।
    अघिल्लो सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न दबाब स्वरुप धर्ना दिएको उनीहरुले बताएका छन् ।
    नेकपा सप्तरीका युवा नेता रामनारायण मण्डलको अगुवाइमा चन्दका कार्यकर्ताहरु सोमबार धर्नामा बसेका हुन् ।
    तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग २०७७ फागुन २१ गते ३ बुँदे सहमति गरेर चन्द समूह शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको थियो ।
    सहमतिको ८ महिना बित्न लाग्दा पनि कार्यान्वयनमा कुनै प्रगति नभएको, आफ्ना कार्यकर्ताहरु अझै पनि विभिन्न अभियोगमा थुनामा रहेकोले आन्दोलन गर्नु परेको चन्द समूहका नेता मण्डलले बताए । 
    उनले बन्दी रिहाइ, मुद्दा खारेजी र प्रतिबन्ध फुकुवा गर्ने कुरा सहमतिको मर्म रहेको जानकारी दिए । कतिपय कार्यकर्ताहरु अहिले पनि जेलमा रहेको र मुद्दा दर्ता भएर फरार सूचीमा रहेका कार्यकताहरुको मुद्दा खारेजी नभएकाले सार्वजनिक जीवनमा आउन समस्या भइरहेको उनको भनाई थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य सामग्री हस्तान्तरण 
स्वास्थ्य सामग्री हस्तान्तरण 
कोशी ब्यारेज पुलबाट ठूलो परिमाणमा फोहर सफा गरेर आवागमन सूचारु
कोशी ब्यारेज पुलबाट ठूलो परिमाणमा फोहर सफा गरेर आवागमन सूचारु
उपप्रमुख मिरा यादव धरौटी तारेखमा रिहा
उपप्रमुख मिरा यादव धरौटी तारेखमा रिहा
पुर्वमन्त्री यादवद्वारा सप्तरी स्वाभिमान यात्रा सुरु
पुर्वमन्त्री यादवद्वारा सप्तरी स्वाभिमान यात्रा सुरु
तेश्रोलिंगिसहित दुई जनाद्वारा आत्महत्या
तेश्रोलिंगिसहित दुई जनाद्वारा आत्महत्या
काँग्रेस र नेकपाबाट सयौं फोरममा प्रवेश
काँग्रेस र नेकपाबाट सयौं फोरममा प्रवेश
भन्सार छलेर ल्याउँदै गरिएको कपडा र  मोटरसाईकलसहित दुई जना प्रहरी नियन्त्रणमा
भन्सार छलेर ल्याउँदै गरिएको कपडा र  मोटरसाईकलसहित दुई जना प्रहरी नियन्त्रणमा
ऋण दिएको कागजको सट्टा झुक्याएर जग्गा नै बिक्रि गरेको कागजमा आंैठा छाप
सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव
सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव
समानुपातिक रुपमा बराबर पर्ने गरी सडकको विस्तार एवं निर्माण गर्नु÷गराउनु ः अदालत
समानुपातिक रुपमा बराबर पर्ने गरी सडकको विस्तार एवं निर्माण गर्नु÷गराउनु ः अदालत