२७ जना संक्रमित थपिए, संक्रमित महिलाको मृत्यु

राजविराज राजविराज
|
शुक्रबार, माघ १४, २०७८
|
|
१११ पटक हेरिएको
Shares
२७ जना संक्रमित थपिए, संक्रमित महिलाको मृत्यु

सारांश

  •     ४५ जनाको स्वाव परिक्षण गर्दा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
  •       पछिल्लो पटक संक्रमण पुष्टि भएका मध्ये कंचनरुप नगरपालिकाका सर्वाधिक १५ जना छन् ।
  • यस्तै राजविराज नगरपालिकाका ३, तिरहुत गाउँपालिका र अन्य जिल्लाका दुई÷दुई तथा हनुमाननगर कंकालिनी नगरपालिका, सप्तकोशी नगरपालिका, डाक्नेश्वरी नगरपालिका, बोदेबरसाइन नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका एक÷एक जना–मा पनि कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

दैनिक समाचारदाता
राजबिराज, १४ माघ ।
    सप्तरीमा शुक्रबार एकैदिन २७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै कोरोनाको तेश्रो लहरमा जिल्लामा संक्रमित हुनेको संख्या ३ सय २५ पुगेको छ ।
    ४५ जनाको स्वाव परिक्षण गर्दा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 
    पछिल्लो पटक संक्रमण पुष्टि भएका मध्ये कंचनरुप नगरपालिकाका सर्वाधिक १५ जना छन् । यस्तै राजविराज नगरपालिकाका ३, तिरहुत गाउँपालिका र अन्य जिल्लाका दुई÷दुई तथा हनुमाननगर कंकालिनी नगरपालिका, सप्तकोशी नगरपालिका, डाक्नेश्वरी नगरपालिका, बोदेबरसाइन नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका एक÷एक जना–मा पनि कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए । 
    संक्रमित मध्ये तीन जना गजेन्द्र नारायण सिंह अस्पतालको आइसोलेशन वाडमा र अन्य सबै होमआइसोलेशनमै रहेको उनले बताए । 
    सप्तरीका थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । योसँगै कोरोनाको तेश्रो लहरमा जिल्लामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । 
    कोशी अस्पतालको आइसोलेशनमा भर्ना रहेकी सप्तरीको रुपनी गाउँपालिकाकी ७५ वर्षिया धनमन्ती देवी यादवको उपचारको क्रममा बिहीबार साँझ मृत्यु जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 
    संक्रमण पुष्टि भएसँगै स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनलाई तीन दिनअघि रेफर गरि थप उपचारका लागि कोशी अस्पताल पठाइएको थियो । आइसोलेशनमा राखी उपचार चलिरहेकै बेला उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताए । 
    यसअघि सोही गाउँपालिकाकी ६५ वर्षिया चमेलीदेवी साह र विष्णुपुर गाउँपालिकाका ६० वर्षिय रामरतन रामको पनि कोरोनाका कारण मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी