डाक्नेश्वरी नगरपालिका अब आफ्नै भवनमा, ५७ कोठ्ठे सहितको तीन तल्ले भवन तयार

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन २६, २०७८
|
|
८४ पटक हेरिएको
Shares
डाक्नेश्वरी नगरपालिका अब आफ्नै भवनमा, ५७ कोठ्ठे सहितको तीन तल्ले भवन तयार

सारांश

  •     भवन निर्माणकालागि करिब ५ करोड मूल्य बराबरको १० कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएका सप्तरीको संसदीय क्षेत्र नं.
  • ३ का निर्वाचित प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरीले नवनिर्मित भवनको बुधवार एक भव्य समारोह बीच उद्घाटन गरेका छन् ।
  • यसअघि पनि नगरपालिकामा हाटबजार, स्वास्थ्य संस्था, विद्यालय, प्रहरी चौकी, खानेपानी कार्यालय र खेलमैदानका लागि जग्गा दान गरी दानबीरको उपाधी पाएका सांसद चौधरीले आवश्यक परे थप जग्गा समेत दिन तयार रहेको बताए ।

दैनिक समाचारदाता
राजविराज, २५ फागुन । 
    लामो समयदेखि भाडाको घरमा सञ्चालन हुँदै आएको सप्तरीको डाक्नेश्वरी नगरपालिकाको अब आफ्नै भवन तयार भएको छ । ५ करोड ७० लाखको लागतमा ५७ कोठ्ठे तीन तल्ले भवन तयार भएपछि बुधवार त्यसको उद्घाटन समेत भएको छ । 
    भवन निर्माणकालागि करिब ५ करोड मूल्य बराबरको १० कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएका सप्तरीको संसदीय क्षेत्र नं.३ का निर्वाचित प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरीले नवनिर्मित भवनको बुधवार एक भव्य समारोह बीच उद्घाटन गरेका छन् । यसअघि पनि नगरपालिकामा हाटबजार, स्वास्थ्य संस्था, विद्यालय, प्रहरी चौकी, खानेपानी कार्यालय र खेलमैदानका लागि जग्गा दान गरी दानबीरको उपाधी पाएका सांसद चौधरीले आवश्यक परे थप जग्गा समेत दिन तयार रहेको बताए । 
    प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादवले अतिथीहरुको स्वागत गर्दै नगरपालिकाको आफ्नो भवन नहुँदा विगत लामो समयदेखि प्रति महिना ६० हजार घर भाडा तिरेर कार्यालयको कामकाज सञ्चालन हुँदै आएकोमा अब आफ्नै भवन हुँदा अनावश्यक खर्च घट्नुका साथै सेवा प्रवाहमा सहज हुने बताए । नगर प्रमुख शिवनारायण साहले दाता चौधरीको सम्मान गर्दै नगरवासी सदा उहाँको अभारी रहने बताए । 
    उद्घाटन समारोहमा प्रदेशसभा सदस्य विदेश्वर यादव ‘विक्की’, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंह, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, लोसपाका केन्द्रीय सदस्य गजेन्द्र मण्डल, विरेन्द्र साह ‘क्रान्ति’, जसपाका जिल्ला अध्यक्ष केदार यादव, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अवधेश झा, महासंघका जिल्ला सचिव चन्दन यादव लगायतले शुभकामना दिँदै नगरपालिकाका आफ्नै भवन तयार हुँदा खर्च घट्ने र नगरवासीले सहज, सरल र छिटो छरितो ढंगले सेवा पाउने विश्वास व्यक्त गरे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परिवारजनले मदिरा सेवा नगर्न सम्झाउँदा  यूवकले पोखरीमा हामफालेर ज्यान गुमाए
परिवारजनले मदिरा सेवा नगर्न सम्झाउँदा  यूवकले पोखरीमा हामफालेर ज्यान गुमाए
सहुलियत दरका १ सय ३८ बोरा मल कालोबजारी गर्न भण्डारण गरिराखेको अवस्थामा बरामद
सहुलियत दरका १ सय ३८ बोरा मल कालोबजारी गर्न भण्डारण गरिराखेको अवस्थामा बरामद
प्रदेश सरकारको नामाकरण र सहमति
प्रदेश सरकारको नामाकरण र सहमति
भाउजुलाई पेट्रोल छर्केर मारेका देवरलाई जन्मकैद
भाउजुलाई पेट्रोल छर्केर मारेका देवरलाई जन्मकैद
सात महिनादेखी वेपत्ता किशोरीको दिल्लीमा रहस्यमय मृत, एक जना पक्राउ
सात महिनादेखी वेपत्ता किशोरीको दिल्लीमा रहस्यमय मृत, एक जना पक्राउ
पत्रकार महासंघको नेतृत्वका लागि देव र यादव चुनावी मैदानमा
पत्रकार महासंघको नेतृत्वका लागि देव र यादव चुनावी मैदानमा
ज्येष्ठजनसँग आशिष थाप्दै जुडशितल पर्व मनाईयो 
ज्येष्ठजनसँग आशिष थाप्दै जुडशितल पर्व मनाईयो 
पत्रकार हत्या तथा संचारगृहमा भएको आगजनी विरुद्ध पत्रकारको प्रदर्शन
पत्रकार हत्या तथा संचारगृहमा भएको आगजनी विरुद्ध पत्रकारको प्रदर्शन
कृतिम जलाशय निर्माण गरि घरबाटै अस्ताउँदो सूर्यलाई अर्घ
कृतिम जलाशय निर्माण गरि घरबाटै अस्ताउँदो सूर्यलाई अर्घ
नेपाल खेलाडी तथा  प्रशिक्षक संघ सप्तरी गठन

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?