सामाजिक परिचालकले निरन्तरताका लागि जिसस प्रमुखलाई गुहार्दै

राजविराज राजविराज
|
मंगलबार, माघ २९, २०७५
|
|
२६ पटक हेरिएको
Shares
सामाजिक परिचालकले निरन्तरताका लागि जिसस प्रमुखलाई गुहार्दै

सारांश

  •     मंगलवार जिसस कार्यलयमा जिल्ला सामाजिक परिचालकहरूले प्रमुख प्रभाकर यादबलाई समाजिक परिचालक तथा कार्यलय सहायक पत्रमा निरन्तरताका लागि मााग सहित ज्ञापनपत्र बुझाएको हो ।
  •       २०६६ सालदेखि नै सामाजिक परिचालनका कार्यमा घरघरमा पुगेर समुदाय अभिमुखिकरण तथा महिला सशक्तिकरण कार्यमा उल्लेखनिय योगदान पु¥याउदै आएपनि हाल स्थानिय तहले सामाजिक परिचालकलाई नियुक्ती नदिएको सामाजिक परिचालक संघक जिल्ला अध्यक्ष सुरेश कुमार सडोकले दुखेसो पोखे ।
  •     सामाजिक परिचालक कर्मचारीहरूलाई नेपाल सरकारले कार्यालय सहायक पदमा २०७४ चैत १६ देखि अषार मसान्त सम्म सम्बन्धी वडाहरूमा नियुक्ती दिई काम गर्दै आएको उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, २९ माघ ।
    नेपाल सामाजिक परिचालक कर्मचारी संघ सप्तरीले नियुक्तीको माँग गर्दै जिल्ला समन्वय समिति प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ ।
    मंगलवार जिसस कार्यलयमा जिल्ला सामाजिक परिचालकहरूले प्रमुख प्रभाकर यादबलाई समाजिक परिचालक तथा कार्यलय सहायक पत्रमा निरन्तरताका लागि मााग सहित ज्ञापनपत्र बुझाएको हो । 
    २०६६ सालदेखि नै सामाजिक परिचालनका कार्यमा घरघरमा पुगेर समुदाय अभिमुखिकरण तथा महिला सशक्तिकरण कार्यमा उल्लेखनिय योगदान पु¥याउदै आएपनि हाल स्थानिय तहले सामाजिक परिचालकलाई नियुक्ती नदिएको सामाजिक परिचालक संघक जिल्ला अध्यक्ष सुरेश कुमार सडोकले दुखेसो पोखे ।
    सामाजिक परिचालक कर्मचारीहरूलाई नेपाल सरकारले कार्यालय सहायक पदमा २०७४ चैत १६ देखि अषार मसान्त सम्म सम्बन्धी वडाहरूमा नियुक्ती दिई काम गर्दै आएको उनले बताए । पछि सामाजिक परिचालक कर्मचारी संघ सप्तरीले पुनःनिरन्तरताका लागि स्थानिय तह र प्रदेश सरकारलाई पहल गरेपछि धेरै स्थानिय तहमा समाजिक परिचालक तथा कार्यालय सहायक पदमा राखेपनि केही तहमा राख्न नमानेको सामाजिक परिचालक संघका कोषाध्यक्ष तारा कटुवालले बताईन ।
    सप्तरीको १८ स्थानिय तह मध्ये १३ स्थानिय तहमा सामाजिक परिचालकहरूलाई नियुक्ती दिई निरन्तरता दिएको मध्येमा ४ वटा नगरपालिका र एउटा गाँउपालिकाले सामाजिक परिचालकलाई राख्न आलटाल गर्दै आएको समाजिक परिचालक संतोष यादबले गुनासो गरे ।
    निरन्तरता दिन नचाहेका मध्ये राजबिराज नगरपालिका, कंचनरूप नगरपालिका, खडग नगरपालिका, बोदेबरसाईन नगरपालिका र बिष्णुपुर गाँउपालिकाले सामाजिक परिचालक कर्मचारीहरूलाई राख्न नचाहेको उनले बताए ।
    यता जिसस प्रमुख यादबले सामाजिक परिचालकहरूलाई स्थानिय तहमा समाबेश गर्नुपर्ने बताउदै यसका लागि प्रदेश सरकार तथा स्थानिय तहलाई पत्रचार गरि पहल गर्ने प्रतिबद्धाता जनाए ।
    यसअघि स्थानिय निकायबिहिन रहेको अबस्थामा सामाजिक परिचालकहरूले नगरपालिका तथा तत्कालिन गाविसमा सामाजिक परिचालनदेखि कार्यालय संचालन समेतमा सहयोग गर्दै आएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानिय र उपभोक्त समितिबीच  विवाद हुँदा बाटो निर्माण काम रोकियो
स्थानिय र उपभोक्त समितिबीच  विवाद हुँदा बाटो निर्माण काम रोकियो
विपी स्मृतिमा वृक्षा रोपन
विपी स्मृतिमा वृक्षा रोपन
अदालतबाट न्याय पाउने विश्वास छ ः निलम्बित मेयर 
अदालतबाट न्याय पाउने विश्वास छ ः निलम्बित मेयर 
पुनः एक महिला झुण्डिएको  अवस्थामा फेला 
पुनः एक महिला झुण्डिएको  अवस्थामा फेला 
लोकसेवालाई समानुपातिक  समावेशीता बनाउनुपर्नेमा जोड
लोकसेवालाई समानुपातिक  समावेशीता बनाउनुपर्नेमा जोड
सहिद नागेश्वरको  सम्झनामा श्रद्वाञ्जली सभा 
सहिद नागेश्वरको  सम्झनामा श्रद्वाञ्जली सभा 
बाढी प्रभावित क्षेत्रमा पानी शुद्विकरण गरी पिउन आग्रह
बाढी प्रभावित क्षेत्रमा पानी शुद्विकरण गरी पिउन आग्रह
चिसो र लामखुट्टेबाट जोगाउन बालिएको घुरमा जलेर बृद्धको मृत्यु 
चिसो र लामखुट्टेबाट जोगाउन बालिएको घुरमा जलेर बृद्धको मृत्यु 
तिरहुत गाउँपालिकमा १६ किलोमिटर बाटो बिस्तार, तीन वटा वडामा एक सय स्यालो बोरिङ्ग जडान
तिरहुत गाउँपालिकमा १६ किलोमिटर बाटो बिस्तार, तीन वटा वडामा एक सय स्यालो बोरिङ्ग जडान
राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार महासंघ सप्तरीकी उपाध्यक्ष दाहाल सम्मानित  
राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार महासंघ सप्तरीकी उपाध्यक्ष दाहाल सम्मानित