चोरी भएको थाहा पाएपछि ह्दयघात पश्चात् मृत्यु

राजविराज राजविराज
|
बुधबार, भाद्र १, २०७९
|
|
४३ पटक हेरिएको
Shares
चोरी भएको थाहा पाएपछि ह्दयघात पश्चात् मृत्यु

सारांश

  •     उनको घर तथा आगँनको दक्षिण पट्टी रहेको भाई जोगेन्द्रको घरमा समेत मंगलवार मध्यरातमा चोरी भएको थियो ।
  • प्रहरीका अनुसार लक्षमणको घरबाट १ थान मोवाईल र नगद ५ हजार तथा उनको भाई जोगेन्द्रको घरबाट १२ हजार नगद र अन्य सरसमान गरी १ लाख २ हजारको धनमाल चोरी भएको हो ।
  • भाई जोगेन्द्र सपरिवार अघिल्लो दिन मंगलवार मात्र काम विषेशले विराटनगर गएका थिए ।

दैनिक समाचारदाता
राजविराज, १ भदौ । 

    राजविराज नगरपालिका ७ निवासी ६२ वर्षिय एक पुरुषको घरमा चोरी भएको थाहा पाएपछि ह्दयघात पश्चात् मृत्यु भएको छ । स्थानिय लक्षमण शर्माको बुधबार बिहान यसरी मृत्यु भएको हो । 
    उनको घर तथा आगँनको दक्षिण पट्टी रहेको भाई जोगेन्द्रको घरमा समेत मंगलवार मध्यरातमा चोरी भएको थियो । प्रहरीका अनुसार लक्षमणको घरबाट १ थान मोवाईल र नगद ५ हजार तथा उनको भाई जोगेन्द्रको घरबाट १२ हजार नगद र अन्य सरसमान गरी १ लाख २ हजारको धनमाल चोरी भएको हो । भाई जोगेन्द्र सपरिवार अघिल्लो दिन मंगलवार मात्र काम विषेशले विराटनगर गएका थिए । 
    घरमा कोही नभएको मौका छोपी समान चोरी भएको थाहा पाएपछि आगंनमै बेहोश भएका उनलाई तत्कालै उपचारका लागी स्थानीय गजेन्द्र नारयाण सिह अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याएको पाँच मिनेट भित्रै उनको मृत्यु भएको थियो । उपचारमा संलग्न चिकित्सकले मृत्युको कारण हृदयघात भएको बताएका छन् । शर्माको बुधवार नै घरमा आवश्यक विधी प्रक्रिया पुरा गरी अन्त्येष्टि गरिएको परिवारजनले जनाएको छ । 
    गर्मीका कारण झ्याल खोलेर सुतेका बेला चोरले बाहिरैबाट अंकुशे लगाएर उनको मोवाईल र पाइन्टमा राखिएको ५ हजार रुपैया (पाइन्ट सहित) चोरेका थिए । सोही आंगनको दक्षिण पट्टी रहेको उनका भाई जोगेन्द्रको घरको झयाल ढोका समेत फोडेर १ लाख २ हजार मुल्य बराबरको समान चोरी भएको कुरा उनले विहान उठेपछि मात्र थाहा पाएका थिए । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले चोरीमा संलग्न चोरको खोजी कार्य भईरहेको जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु