दैनिक समाचारदाता
राजविराज, ६ भदौ ।
२०७४ सालको स्थानिय निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)बाट उम्मेदवार भई राजविराज नगरपालिकाको मेयरमा निर्वाचित शम्भुप्रसाद यादव सोमबार लोसपामा प्रवेश गरेका छन् ।
उनले हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा टिकट नपाएपछि जनता समाजवादी पार्टी परित्याग गरि मनोनयन पत्र दर्ता गराउने दिन नेकपा माओवादी केन्द्रमा प्रवेश गरि राजविराज नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका थिए ।
सोमबार लोसपा नेपाल सप्तरीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनी नेकपा माओवादी केन्द्र परित्याग गरि लोसपामा प्रवेश गरे । उनीसँगै विभिन्न पार्टी परित्याग गरि चार सय जना लोसपा प्रवेश गरेको जिल्ला अध्यक्ष सुनिल झाले जानकारी दिएका छन् ।
पार्टी प्रवेशका अवसरमा उनले आफूले राजनीति सुरु गरेको पुरानै पार्टी रोजेर घर फर्किएको प्रतिक्रिया दिएका छन् ।
यस्तै प्रवेश गर्नेहरुमा राजविराज नगरपालिकाका निवर्तमान वडा अध्यक्ष माँगीलाल नाई र सुदर्शन सिंह पनि छन् । दुबै जना काँग्रेस पार्टी परित्याग गरि लोसपा रोजेका हुन् । यस्तै २०७४ को स्थानिय तहको निर्वाचनमा राजपाबाट निर्वाचित वडा अध्यक्ष शम्भु यादव (लाली) र शोभालाल मण्डल पनि लोसपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा, जयप्रकाश ठाकुर, दिपेन्द्र चौधरी लगायतले अबिर र माला लगाई स्वागत गरे ।
२०७४ को स्थानिय तहको निर्वाचनमा राजपाबाट राजविराज नगरपालिकाको नगरप्रमुख पदमा उम्मेदवार भई चुनाव जितेका यादव राजपा–संघीय समाजवादी फोरम एकिकृत भई गठन भएको जसपामा थिए । जसपामा विभाजन आई लोसपा बनेपछि उनी जसपा नै रोजेका थिए । तर पछिल्लो स्थानिय तहको निर्वाचनमा आफूलाई पुनः उम्मेदवार नबनाई अर्कैलाई टिकट दिएपछि जसपा अध्यक्ष उपेन्द्र यादवसँग उनको दुरी बढेको थियो ।
निवर्तमान मेयर पुरानै पार्टीमै फर्किए उनीसँगै चारसय जना लोसपामा प्रवेश
सारांश
- उनले हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा टिकट नपाएपछि जनता समाजवादी पार्टी परित्याग गरि मनोनयन पत्र दर्ता गराउने दिन नेकपा माओवादी केन्द्रमा प्रवेश गरि राजविराज नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका थिए ।
- सोमबार लोसपा नेपाल सप्तरीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनी नेकपा माओवादी केन्द्र परित्याग गरि लोसपामा प्रवेश गरे ।
- उनीसँगै विभिन्न पार्टी परित्याग गरि चार सय जना लोसपा प्रवेश गरेको जिल्ला अध्यक्ष सुनिल झाले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया