मलेठ घटनाका शहीदको सम्झनामा सार्वजनिक विदा

राजविराज राजविराज
|
बुधबार, फाल्गुन २२, २०७५
|
|
१०३ पटक हेरिएको
Shares
मलेठ घटनाका शहीदको सम्झनामा सार्वजनिक विदा

सारांश

  •     राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवको अध्यक्षतामा बुधबार सम्पन्न बोर्डको बैठकले उक्त निर्णय गरेको हो ।
  •       मधेश आन्दोलनका क्रममा २०७३ साल फागुन २३ गते तत्कालिन मलेठ गाविस (हाल राजविराज नगरपालिका ९) मलेठमा ज्यान गुमाएका पाँच जना सहिदको सम्झनामा एवं सम्मानमा सार्वजनिक विदा दिने निर्णय गरेको नगरपालिकाले जारि  गरेको विज्ञप्तिमा उल्लेख छ ।
  •     नगरपालिकाद्वारा विज्ञप्तिमा मार्फत सहीदको सम्झनामा सार्वजनिक विदा दिने गरिएको निर्णयमा सघाउन मातहतका सम्पूर्ण कार्यालय र शिक्षण संघ संस्थालाई अनुरोध समेत गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २२ फागुन । 
    मलेठ घटनामा सहिद भएकाहरुको सम्झानामा राजविराज नगरपालिकाले विहीवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 
    राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवको अध्यक्षतामा बुधबार सम्पन्न बोर्डको बैठकले उक्त निर्णय गरेको हो । 
    मधेश आन्दोलनका क्रममा २०७३ साल फागुन २३ गते तत्कालिन मलेठ गाविस (हाल राजविराज नगरपालिका ९) मलेठमा ज्यान गुमाएका पाँच जना सहिदको सम्झनामा एवं सम्मानमा सार्वजनिक विदा दिने निर्णय गरेको नगरपालिकाले जारि  गरेको विज्ञप्तिमा उल्लेख छ ।
    नगरपालिकाद्वारा विज्ञप्तिमा मार्फत सहीदको सम्झनामा सार्वजनिक विदा दिने गरिएको निर्णयमा सघाउन मातहतका सम्पूर्ण कार्यालय र शिक्षण संघ संस्थालाई अनुरोध समेत गरिएको छ । यसैबीच मलेठ घटनाको दुई वर्ष पुरा भएको २३ फागुन विहीवारका दिन सहिदको सम्मानमा स्मृति सभाको आयोजना समेत गरिने भएको छ । 
    उक्त सभालाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतका साथै मधेश केन्द्रीत दलका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको आयोजक संयुक्त (राजपा–फोरम) समितिले जनाएको छ ।
    बि.स. २०७३ साल फागुन २३ गते नेकपा एमालेले आयोजना गरेको मेचीमहाकाली राष्ट्रिय अभियानका क्रममा सप्तरीको मलेठमा तत्कालिन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले विरोध गरेपछि भएको झडपका क्रममा प्रहरीले गोली चलाउ्रँदा मलेठका सन्जन मेहता, पिताम्बर मण्डल, बिरेन्द्र महतो, प्रसवनीका आनन्द साह र जमुनी मधेपुराका इन्द्रदेव यादवको मृत्यु भएको थियो । 
    सो घटनाका क्रममा मृत्यु भएका पाँचैजनालाई तत्कालिन सरकारले सहिद घोषणा गरेको थियो । सो घटना पश्चात् एमाले मेचीमहाकाली राष्ट्रिय अभियान तत्कालका लागि स्थगित गरेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीले धनुषालाई पराजित ग¥यो 
सप्तरीले धनुषालाई पराजित ग¥यो 
पुनःनियुक्ति माग्दै कर्मचारी धर्नामा
पुनःनियुक्ति माग्दै कर्मचारी धर्नामा
बालबालिकालाई पोशाक वितरण
बालबालिकालाई पोशाक वितरण
पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए 
पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए 
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु प्रकरण,  हनुमाननगरमा टायर बालेर प्रर्दशन तथा चक्का जाम, प्रर्दशनकारीद्वारा एम्बुलेन्स तोडफोड
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु प्रकरण,  हनुमाननगरमा टायर बालेर प्रर्दशन तथा चक्का जाम, प्रर्दशनकारीद्वारा एम्बुलेन्स तोडफोड
प्रहरी हवल्दारमाथी आफ्नै काकीलाई बोक्सीको आरोपमा कुटपिट गर्दै आएको आरोप
प्रहरी हवल्दारमाथी आफ्नै काकीलाई बोक्सीको आरोपमा कुटपिट गर्दै आएको आरोप
चामलसँगै बोरा भित्र ठूलो परिमाणमा लागु औषध बरामद, दुई पक्राउ
चामलसँगै बोरा भित्र ठूलो परिमाणमा लागु औषध बरामद, दुई पक्राउ
चित्रगुप्त सेवा समितिका नवनिर्वाचित पदाधिकारीद्वारा सपथ एवं पदभार ग्रहण
चित्रगुप्त सेवा समितिका नवनिर्वाचित पदाधिकारीद्वारा सपथ एवं पदभार ग्रहण
उद्योग व्यवसाय धरासायी भयो ः उद्योगि व्यवसायी
उद्योग व्यवसाय धरासायी भयो ः उद्योगि व्यवसायी
विमानमा प्राविधिक समस्या  आएपछि बुद्ध एयरले फर्कायो यात्रु
विमानमा प्राविधिक समस्या  आएपछि बुद्ध एयरले फर्कायो यात्रु