दैनिक समाचारदाता
राजविराज, २ माघ ।
चिसोबाट प्रभावित विपन्न परिवारलाई राजविराज नगरपालिका वडा नं. ६ ले सोमबार आफ्नै कार्यालय परिसरमा ठूलो परिमाणमा फाइबर सिरक वितरण गरेको छ ।
एक कार्यक्रमको आयोजना गरी वडा भित्रका विपन्न, असहाय, बृद्धबृद्धा, एकल महिला, दलित तथा शारिरीक रुपमा अशक्त ३ सय ८० जनालाई फाईबर सिरक वितरण गरेको हो ।
कार्यक्रममा विपन्न समुदायका १ सय ९० बृद्धबृद्धा, १ सय ४५ एकल महिला र ४५ जना शारिरीक रुपमा अशक्त भएकाहरुलाई सिरक प्रदान गरिएको सो वडा कार्यालयले जनाएको छ ।
यस वर्ष कुनै पनि पालिका वा वडाले यस्त्रो ठूलो परिमाणमा सिरक बितरण गरेको यो पहिलो पटक हो ।
चिसो संगै वडाका विपन्न, असहाय, अशक्त बृद्धबृद्धाको जनजीवन थप कष्टकर बनाउदै लगेपछी उनीहरुलाई वडाको विपद् व्यवस्थापन कोषबाट सिरक खरीद गरि बितरण गरिएको वडा अध्यक्ष शशी चौधरीले जानकारी दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथी राजविराज नगरपालिकाकी कार्यवहाक नगर प्रमुख इसरत परविन, नगरपालिकाको स्थास्थ्य शाखाका प्रमुख निरंजन यादव, वडा अध्यक्ष चौधरी लगायतले उक्त सिरक चिसो प्रभावित विपन्न समुदायलाई वितरण गरेका थिए ।
विनोद चौधरीद्वारा संचालित कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद मनोज कुमार माझी, पत्रकार महासंघ शाखा सप्तरीका कोषाध्यक्ष नविन कुमार गुप्ता, वडा नंं ४ का अध्यक्ष दिनेश कुमार साह, वडा नं. ५ का अध्यक्ष बन्धु दास, वडा नं. ६ का सदस्य दिपक शर्मा, मो.जाहाँगिर, सोमिता सदा, लिला सरवरिया, वडा नं. ७ का सदस्य रामानन्द देव लगायतको समेतको उपस्थिती रहेको थियो ।
वडा नं. ६ द्वारा ठूलो परिमाणमा फाइबर सिरक वितरण
सारांश
- एक कार्यक्रमको आयोजना गरी वडा भित्रका विपन्न, असहाय, बृद्धबृद्धा, एकल महिला, दलित तथा शारिरीक रुपमा अशक्त ३ सय ८० जनालाई फाईबर सिरक वितरण गरेको हो ।
- कार्यक्रममा विपन्न समुदायका १ सय ९० बृद्धबृद्धा, १ सय ४५ एकल महिला र ४५ जना शारिरीक रुपमा अशक्त भएकाहरुलाई सिरक प्रदान गरिएको सो वडा कार्यालयले जनाएको छ ।
- यस वर्ष कुनै पनि पालिका वा वडाले यस्त्रो ठूलो परिमाणमा सिरक बितरण गरेको यो पहिलो पटक हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भण्डारण गरिराखेको २१ क्विन्टल गाँजासहित दुई पक्राउ
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
प्रतिक्रिया
० प्रतिक्रिया