स्थानिय समाचार
डिजल चोरीको आरोपमा आयल स्टोरका संचालकसहित दुई पक्राउ
डिजल चोरी घटनामा संलग्न रहेको आरोपमा सप्तरी प्रहरीले एक आयल स्टोरका संचालकसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरीको खडक नगरपालिका वडा नं. ७ घर भएका भण्डार आयल स्टोरका संचालक ३५ वर्षिय श्याम कुमार साह र सप्तरीकै कञ्चनरुप नगरपालिका वडा नं. ९ बस्ने २९ वर्षिय नबराज भुजेल छन् । संचालक साहले चोरीको डिजल खरीद गरेको तथा भुजेल ट्याङकरबाट डिजल चोरी गरी बेचेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ….