स्थानिय समाचार

राजविराज कारागार समस्यै समस्याले ग्रसित,  विद्युत जाँदा टर्च लाईट बालेर निगरानी

    राजविराज÷मुलुककै पुराना कारागार मध्ये एक राजविराज कारागार विगत लामो समयदेखी विभिन्न समस्याले ग्रसित बन्दै आएको छ । क्षमता भन्दा तीन गुणाभन्दा बढी कैदीबन्दी रहेको यस कारागार समस्यै समस्याले ग्रसित बनेको हो । क्षमता भन्दा तीन गुणा भन्दा बढी कैदीबन्दी रहनुका साथै कारागारको जग्गा समेत अतिक्रमणमा परेको छ । कुल २ विघा १३ धुर क्षेत्रफल रहेको कारागारको १ विघा जग्गा अतिक्रमणकै चपेटामा छ । हाल १ विघा १३ धुर जग्गा मात्र कारागारको संचालन र गतिविधिमा समेटिएको छ । ….