स्थानिय समाचार

खडक नगरपालिकामा १५ शैय्याको आधारभुत अस्पताल निर्माण हुँदै

 सप्तरी खडक नगरपालिकामा १५ शैय्याको आधारभूत अस्पताल निर्माणको लागि सोमवार भुमिपुजन गरि अस्पतालको शिलान्यास गरिएको छ । खडक नगरपालिकाको वडा नं. ८ भदियामा उक्त अस्पताल निर्माण हुने भएको हो । खडक नगरपालिका र प्रतिष्ठा कन्स्ट्रक्सन प्रा.लि. काठमाडौ बीच २०७९ असार १५ मा सम्झौता भएको थियो । उक्त कन्स्ट्रक्सनले २१ करोड २९ लाख ४ हजार १ सय ९ रुपैया १ पैसामा निर्माण कार्यका लागि सम्झौता गरेको छ ।….