स्थानिय समाचार
ऐतिहासिक पुस्तकालयको भविष्य अन्यौलमा
राजविराज ७ स्थित लेखनाथ आदर्श पुस्तकालयको अस्तित्व समाप्त भएपछि यसलाई पुर्नजीवन दिने अभियान सुरु भएको छ । बि.स. २०७२ सालदेखि पूर्णरुपमा बन्द रहेको उक्त पुस्तकालयलाई पुनःसंचालनमा ल्याउन स्थानिय महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसका उपप्रध्यापक सुरेन्द्र प्रसाद गुप्ताले अभियान थालेका हुन् । संचारकर्मी तथा साहित्यकर्मी समेत रहेका गुप्ताले समाजिक सञ्जालमार्फत पहल थालेपछि विभिन्न क्षेत्रबाट सहयोगको प्रतिबद्धता आउन थालेको हो । ….