स्थानिय समाचार

वरिष्ठ वामपन्थी नेता वर्माको निधन

 सप्तरी निवासी वरिष्ठ वामपन्थी नेता कृष्णराज वर्माको आइतबार साँझ उपचारका क्रममा काठमाडौंमा निधन भएको छ ।  काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालको आईसीयू कक्षमा केही दिनदेखी उनको उपचार भइरहेको थियो । ९३ वर्षीय नेता वर्माको पेटमा इन्फेक्सन देखिएपछि ह्याम्प्समा भर्ना गरिएको थियो । उपचारकै क्रममा सोही अस्पतालमा उनको निधन भएको परिवारजनले बताएका छन् ।….