स्थानिय समाचार
होली मनाउन घर आएका फरार अभियुक्त पक्राउ
होली मनाउन घर फर्किएका चोरी घटनामा फरार एक अभियुक्त तीन वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज ६ निवासी २५ वर्षिय श्यामबाबु साह छन् । होली मनाउन घर आएको गोप्य सूचना आएपछि पुगेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । चोरी मुद्दामा सप्तरी जिल्ला अदालतबाट २०७६ जेष्ठ १५ गते एक महिना ४ दिन कैद र ३० हजार जरिवानाको फैसला भए लगत्तै फरार भएका उनी बिहीबार घरमै लुकिबसेको अवस्थामा पक्राउ परेका हुन् ।…