स्थानिय समाचार

१२ देखि १७ बर्ष उमेर समुहलाई कोभिड  १९ बिरुद्धको मोर्डन खोप लगाईदै

सप्तरीमा मंगलबारदेखी १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड १९ बिरुद्धको खोप लगाउने कार्य सुरू गरिएको छ ।  ती उमेर समूहका बालबालिकाहरुलाई जिल्लाको विभिन्न बिद्यालयहरूमा कोभिड विरुद्धको खोप लगाउन सुरु गरिएको हो ।  १७ बर्ष मुनी उमेर समूहका बालबालिकालाई सम्बन्धित स्थानीय तहले तोकेका विद्यालय वा स्वास्थ्य संस्थामा खोप कार्यक्रम सुरू गरिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । ….