स्थानिय समाचार

पत्रकार साहमाथी हातपात गर्ने जनमतका कार्यकर्तालाई कारवाहीको माग 

   सप्तरीको डाक्नेश्वरी नगरपालिकामा जनमत पार्टीका कार्यकर्ताले नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सदस्य एवं रेडियो नेपालका सम्वाददाता संजिब बिक्रम साहलाई हातपात गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ सप्तरीको गम्भीर ध्यानाकृष्ट भएको छ । महासंघका सचिव रामनारायण विश्वासद्वारा जारि विज्ञप्तिमा डाक्नेश्वरी नगरपालिकामा बुधबार पोखरी ठेक्का सम्बन्धमा स्थानीयले गरिरहेको प्रदर्शनको रिपोर्टिङ गर्न गएका पत्रकार साहलाई जनमत पार्टीका स्थानीय कार्यकर्ताहरु अमरेन्द्र यादव र अनिल यादवले हातपात गरेको जनाइएको छ । …..