दैनिक समाचारदाता
राजविराज, ३ कात्तिक ।
नेपाल पत्रकार महासंघसँग कुनै समन्वय नै नगरि पत्रकारलाई कुटपिट गर्ने जनमत पार्टीका दुई जना कार्यकर्ताहरुलाई प्रहरीले रिहा गरेकोप्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको छ ।
महासंघका सप्तरी सभापति श्रवणकुमार देव र सचिवरामनारायण विश्वासले शुक्रबार एक विज्ञप्ति जारि गर्दै उक्त ध्यानाकर्षण भएको जनाउँदै प्रहरीले कारबाही बिना रिहा गरेको काम स्वतः कानून विपरित हुन गएको ठहर गरेको छ ।
विज्ञप्तिमा ड्युटिमा खटिएको नेपाल प्रहरीका प्रहरी निरीक्षककै उपस्थितीमा पत्रकार शाहमाथि कुटपिट भएको अवस्थामा प्रहरी प्रतिवेदनकै आधारमा कानूनी कारबाही अगाडी बढाउनुपर्नेमा पीडित पक्षले उजुरी दिंदा पनि उनीहरुलाई रिहा गरिएप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।
जिल्लाको डाक्नेश्वरी नगरपालिकामा कात्तिक १ गते पोखरी ठेक्का विवादमा भईरहेको आन्दोलन सम्बन्धी समाचार संकलन गर्न पुगेका नेपाल पत्रकार महासंका सदस्य एवंरेडियो नेपालका सम्वाददाता संजिवविक्रम शाहमाथि जनमत पार्टीका कार्यकर्ता अमरेन्द्र यादवर अनिल यादवले कुटपिट गरेका थिए ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीको अगुवाईमा प्रमुख जिल्ला अधिकारीर जिल्ला प्रहरी प्रमुखसँगको छलफलपछि पत्रकार साहले उजुरी दिएपछि बिहीबार साँझ प्रहरीले दुबै जनालाई पक्राउ गरेको थियो ।
अर्कोतर्फ, जनमत पार्टीका स्थानीय नेताहरु जसरी पनि आरोपी आफ्ना कार्यकर्तालाई रिहा गराउन देखाएको भूमिकाले उक्त पार्टी प्रेस स्वतन्त्रता विरोधी देखिएको ठहर गरिएके छ । दोषी ब्यक्तिहरु प्रहरी नियन्त्रण बाहिर भएपछि पत्रकार साह अहिले असुरक्षितसमेत भएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा असुरक्षित पत्रकार साहलाई सुरक्षाको बन्दोवस्त गरी कुटपिटमा संलग्न दुवै जनामाथि कानून बमोजिम कारबाही नगरिए नेपाल पत्रकार महासंघ संघर्षमा उत्रिने जानकारी समेत गराइएको छ ।
पत्रकारलाई कुटपिट गर्ने जनमतका कार्यकर्तालाई रिहा गरेको भन्दै पत्रकार महासंघको गम्भिर ध्यानाकर्षण
सारांश
- महासंघका सप्तरी सभापति श्रवणकुमार देव र सचिवरामनारायण विश्वासले शुक्रबार एक विज्ञप्ति जारि गर्दै उक्त ध्यानाकर्षण भएको जनाउँदै प्रहरीले कारबाही बिना रिहा गरेको काम स्वतः कानून विपरित हुन गएको ठहर गरेको छ ।
- विज्ञप्तिमा ड्युटिमा खटिएको नेपाल प्रहरीका प्रहरी निरीक्षककै उपस्थितीमा पत्रकार शाहमाथि कुटपिट भएको अवस्थामा प्रहरी प्रतिवेदनकै आधारमा कानूनी कारबाही अगाडी बढाउनुपर्नेमा पीडित पक्षले उजुरी दिंदा पनि उनीहरुलाई रिहा गरिएप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।
- जिल्लाको डाक्नेश्वरी नगरपालिकामा कात्तिक १ गते पोखरी ठेक्का विवादमा भईरहेको आन्दोलन सम्बन्धी समाचार संकलन गर्न पुगेका नेपाल पत्रकार महासंका सदस्य एवंरेडियो नेपालका सम्वाददाता संजिवविक्रम शाहमाथि जनमत पार्टीका कार्यकर्ता अमरेन्द्र यादवर अनिल यादवले कुटपिट गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया