सवलको अगुवाईमा चार पालिका लाग्यो विपद् पूर्वतयारीमा 

राजविराज राजविराज
|
बिहिबार, जेठ २४, २०८१
|
|
७२ पटक हेरिएको
Shares
सवलको अगुवाईमा चार पालिका लाग्यो विपद् पूर्वतयारीमा 

सारांश

  •     वर्षेनी खाँडो नदी नियन्त्रण र मर्मतको नाममा सम्बन्धीत निकायले बजेट छुट्याउँदा समेत अझै यसलाई नियन्त्रण गर्न सकिएको छैन् ।
  • खाँडो नदी यस्तो नदी हो जसमा वर्षा भएपछि मात्र पानी आउने र वर्षा सकिएपछि एक बुँद पानी रहदैन् ।
  • यस नदीमा अचानक पानीको बहाव आउने र एकैछिनमा धनजनको क्षति पु¥याउन सक्ने क्षमता छ ।

दैनिक समाचारदाता
राजविराज, २३ जेठ । 

    बाढीका कारण सप्तरीमा वर्षेनी ठूलो जनधनको क्षति हुने गरेको छ । विषेश गरी चुरे क्षेत्र हँुदै सप्तरीको रुपनी गाउँपालिका, महादेवा गाउँपालिका, राजविराज नगरपालिका र तिलाठी कोईलाडी गाउँपालिकाको विभिन्न वडा भएर बग्ने खाँडो नदीको बाढीले ब्यापक जनधनको क्षति पु¥याउने गरेको हो । 
    वर्षेनी खाँडो नदी नियन्त्रण र मर्मतको नाममा सम्बन्धीत निकायले बजेट छुट्याउँदा समेत अझै यसलाई नियन्त्रण गर्न सकिएको छैन् । खाँडो नदी यस्तो नदी हो जसमा वर्षा भएपछि मात्र पानी आउने र वर्षा सकिएपछि एक बुँद पानी रहदैन् । यस नदीमा अचानक पानीको बहाव आउने र एकैछिनमा धनजनको क्षति पु¥याउन सक्ने क्षमता छ । 
    वर्षायाम अघि करोडौ रुपैया खर्चेर बनाइएका तटबन्ध वर्षाको बाढीसँगै बगेर जान्छ । अनी, बाढीको जोखिमबाट बच्ने आवश्यक ज्ञान समेत नहुदा यस नदीमा आउने बाढीको ताण्डवले आँखै अगाडी हुने क्षति टुलटुल हेर्न यहाँका स्थानीय बाध्य छन् । 
    यस पटकको वर्षायाम नजिकिएको छ । कुनै पनि बेला वर्षा आउन सक्छ र खाँडो नदीले आफ्नो ताण्डव देखाउन सक्छ । सोही कुरालाई मध्य नजर तथा समस्या समाधानका लागी बुधवारदेखि अन्तराष्ट्रिय एकिकृत पर्वतिय विकास केन्द्र, (इसिमोड) को सहयोग, नेपाली सेनाको वरख गणको समन्वय तथा सवल नेपाल राजविराजको आयोजनामा हाईग्रीड परियोजना अन्तर्गत चार दिने समुदायमा आधारित विपद व्यवस्थापन, विपद प्रतिकार्य तथा बाढी पूर्व सूचना प्रणालीको दिगोपना सम्बन्धि तालिम सुरु भएको छ । 
    बाढीको उच्च जोखिममा रहेका गाउँपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, वडाअध्यक्ष, विपद व्यवस्थापन अधिकृत, सेना लगायत विभिन्न सरोकारवालालाई एकै ठाँउमा राखेर बाढी पूर्वतयारी स्वरुप विपद व्यवस्थापन सम्बन्धि अभ्यास र सचेतना तालिम सुरु गरिएको छ । 
    सो अवसरमा विपदको सामना तथा बाढीबाट जोगिन र क्षति न्यूनिकरण गर्ने उद्देश्यले तालिम सुरु गरिएको सबल नेपालका कार्यकारी निर्देशक दिपक झाले जानकारी दिए । विभिन्न दातृ निकाय, स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्यमा थालिएको यस्ता कार्यक्रमले विपद जोखिम न्यूनिकरणमा मद्दत पु¥याउने विश्वास समेत उनले ब्यक्त गरे । 
    बाढीको उच्च जोखिममा रहेका पालिकाको पहिचान गरी उक्त क्षेत्रमा जनधनको क्षति न्यूनिकरण गर्ने उद्देश्यले विपद व्यवस्थापन सम्बन्धि सचेतनामूलक तालिम र अभ्यास कार्यक्रम अभियान कै रुपमा संचालन गरिएको सहयोगी संस्था इसिमोडका सिनियर प्राविधीक श्रवण श्रेष्ठले जानकारी दिए । 
    सवल नेपालका सिनियर मेनेजर अशोक साहले बाढीको जोखिमलाई ध्यानमा राखी रुपनी गाउँपालिकामा बाढी पूर्व सूचना प्रणाली उपकरण जडान गरीएको बताउँदै यसले जोखिमका बेला पालिकाका वासिन्दाले तत्कालै खबर पाउने र सुरक्षित हुन मद्दत पुग्ने बताए । 
    सवल नेपालका वास फोकल पर्सन एवं कार्यक्रम संचालक परमेश्वर झाले विगतमा खाँडो नदीको बाढीको जोखिममा रुपनी, राजविराज र तिलाठीकोईलाडी गरी तीन पालिका मात्र रहने गरेकोमा यस पल्ट महादेवा गाउँपालिकालाई पनि सम्भावित जोखिममा राखिएको बताए । खाँडो नदीको बाढीले महादेवा गाउँपालिकाको पनि केही वडालाई चपेटामा लिने गरेकाले यस पल्ट ती पालिकालाई पनि समेटिएको उनको भनाई छ । 
    कार्यक्रममा बाढी आउनु पूर्व अपनाउनु पर्ने उपाय, बाढी आईसकेपछि बचाउ, खोज र उद्दार बारे नेपाली सेनाको बरख गणका सहसेनानी संजोग सिह खनालले सहभागीहरुलाई तालिम प्रदान गरे । 
    यस्तै गणका सैनिक जवान यूवराज मगरले घाइतेको तत्कालिन उपचार, सुरक्षित स्थानमा पु¥याउने, आगलागी नियन्त्रण र प्रतिकार्य लगायतका कार्य सम्बन्धि समेत काल्पनिक परिस्थिती अनुसारका अभ्यास प्रदर्शन गरेका थिए । 
    कार्यक्रममा राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीन, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डल, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादव, उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगी, बरख गणका गणपती रमेश पाण्डेका साथै सम्बन्धित पालिकाका प्रमुख प्रशासकिय अधिकृत, विपद व्यवस्थापन अधिकृत लगायतले विपद व्यवस्थापनका लागी आ–आफनो क्षेत्रबाट गर्न सकिने प्रयास र हरसम्भव सहयोग गर्ने सामुहिक प्रतिबद्धता जनाएका छन् । 
    जेठ २५ सम्म चल्ने अभियानमा प्राकृतिक विपदको सामना गर्न पूर्वतयारी स्वरुप आवश्यक तालिम प्रशिक्षणका साथै कृत्रिम अभ्यास र कलाकौशल समेत प्रर्दशन गरिने आयोजक संस्थाले जनाएको छ । 
    यता खाँडो नदीमा आउने बाढी नियन्त्रण तथा नदी मर्मतका लागि ती चारै वटा पालिका गम्भिर देखिएका छन् । ती चारै वटा पालिका प्रमुखहरुले खाँडो नदीमा थुप्रिएको बालुवा निकाल्ने सहमति जनाएका छन् । उनीहरुले बालुवाका कारण नदीको जलस्तर माथी आएर मानवबस्ती सम्म पुग्न नदिन अहिलेदेखी नै अग्रसर भएर नदीको आवश्यक मर्मत कार्यमा लाग्ने प्रतिबद्धता समेत जनाएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चार दिनदेखी १३ वर्षिया बालिका वेपत्ता,  कुवेतमा रहेकी आमाद्वारा छोरी पत्ता लगाइदिन आग्रह
चार दिनदेखी १३ वर्षिया बालिका वेपत्ता,  कुवेतमा रहेकी आमाद्वारा छोरी पत्ता लगाइदिन आग्रह
समाजवादी पार्टीको प्रदेश समिति अध्यक्षमा बिजय यादव
समाजवादी पार्टीको प्रदेश समिति अध्यक्षमा बिजय यादव
अनुगमनका क्रममा म्याद गुज्रेका सामग्री बरामद
अनुगमनका क्रममा म्याद गुज्रेका सामग्री बरामद
दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
उद्योग बाािण्ज्य संघमा चार सदस्य मनोनित
उद्योग बाािण्ज्य संघमा चार सदस्य मनोनित
संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग  समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग  समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
करेन्ट लागेर एकको मृत्यु
करेन्ट लागेर एकको मृत्यु
स्व. देवसुन्दर स्मृती राष्ट्रिय भारत्तोलन प्रतियोगिता हुने
स्व. देवसुन्दर स्मृती राष्ट्रिय भारत्तोलन प्रतियोगिता हुने
बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएपछि बिच्चलीमा नवालिका 
बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएपछि बिच्चलीमा नवालिका 
बर्र्षौदेखि अतिक्रमित जग्गा खाली गराउदै महादेवा गाउँपालिका 
बर्र्षौदेखि अतिक्रमित जग्गा खाली गराउदै महादेवा गाउँपालिका 

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु