एचपिभी अभियानको पहिलो दिन सप्तरीमा  चार हजार एक सय किशोरीलाई खोप

राजविराज राजविराज
|
बुधबार, माघ २३, २०८१
|
|
१०९ पटक हेरिएको
Shares
एचपिभी अभियानको पहिलो दिन सप्तरीमा  चार हजार एक सय किशोरीलाई खोप

सारांश

  •     म्ुालुकभर अघिल्लो दिन मंगलवारदेखी एकै साथ संचालन भएपनि सप्तरीमा उक्त दिन सरस्वती पुजा सम्पन्न भई मुर्ती सेलाउने दिन परेकोले एकदिन ढिलो गरि अभियान सुरु गरिएको हो ।
  •       १८ वटा पालिका रहेको जिल्लामा पहिलो चरणमा माघ २३ देखी ३० माघ सम्म जिल्लाको ९ वटा पालिकामा अभियान चलाईएको छ ।
  • त्यसपछि फागुन १ देखी फागुन ६ सम्म बाकि रहेका ९ वटा पालिकामा उक्त अभियान चलाईने जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख देवकान्त झाले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २३ माघ ।

    महिलामा हुने पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको खोप अभियान बुधवारदेखी सप्तरीमा सुरु भएको छ । सो अभियान अन्तरगत पहिलो दिन ४ हजार १ सय किशोरीहरुलाई खोप दिइएको छ । 
    म्ुालुकभर अघिल्लो दिन मंगलवारदेखी एकै साथ संचालन भएपनि सप्तरीमा उक्त दिन सरस्वती पुजा सम्पन्न भई मुर्ती सेलाउने दिन परेकोले एकदिन ढिलो गरि अभियान सुरु गरिएको हो । 
    १८ वटा पालिका रहेको जिल्लामा पहिलो चरणमा माघ २३ देखी ३० माघ सम्म जिल्लाको ९ वटा पालिकामा अभियान चलाईएको छ । त्यसपछि फागुन १ देखी फागुन ६ सम्म बाकि रहेका ९ वटा पालिकामा उक्त अभियान चलाईने जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख देवकान्त झाले जानकारी दिए । उनले जिल्लामा ३६ हजार ६ सय १ किशोरीलाई खोप प्रदान गर्ने लक्ष्य रहेको जानकारी समेत दिए । 
    पहिलो चरण अन्तर्गत बुधवार रुपनी गाउँपालिकाबाट अभियान सूरु गरिएको हो । रुपनी गाउँपालिका १ रायपुरस्थित श्री कन्छु नर प्रताप माध्यमिक विद्यालय परिसर भित्र कायम गरिएको खोप केन्द्रमा १ सय ८० बालिका र किशोरीहरुलाई एचपीभी खोप लगाएर खोप अभियानको सूरुवात गरिएको छ । 
    जिल्ला खोप समन्वय समितिको अध्यक्ष समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख शिव नारायण साहले खोप केन्द्रका स्वास्थ्यकर्मीहरुलाई खोप समाग्री हस्तान्तरण गर्दै अभियानको उदघाटन गरे ।
    प्रमुख जिल्ला अधिकारी भोला दाहालले पाठेघर मुखको क्यान्सर रोग विरुद्धको खोप अभियान अन्र्तगत जिल्ला भरीमा गरी कुल ४ सय ५० खोप केन्द्र कायम गरि ३६ हजार ७ सय १ किशोरीलाई खोप दिने लक्ष्य राखेको भन्दै लक्षित किशोरीहरु कोही पनि नछुटुन र यसका लागी सबै सचेत अभिभावकले पनि आ–आफनो स्तरबाट सकारात्मक भूमिका खेल्नुृ पर्नेमा जोड दिए । 
    अभियान उद्घाटन समारोहमा रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडा, प्रमुख प्रशासकिय अधिकृत तारणी प्रसाद यादव, गजेन्द्र नारायण सिह अस्पतालका प्रमुख डा. श्रीराम तिवारी, प्रधानाध्यापक परशुराम यादव, विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्गानन्द ठाकुर, विश्व स्वास्थ्य संगठनका प्रतिनिधी सरला न्यौपाने, जनस्वास्थ्य अधिकृतद्वय हिरेन्द्र प्रसाद साह, जागेश्वर खडका लगायतले पनि पाठेघरको मुखको क्यान्सरबाट सुरक्षित हुनका लागी एचपीभी खोप लागाउन आवश्यक रहेको भन्दै यस अभियानलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी