कन्या छात्रावास १५ दिनभित्र मविव क्याम्पसलाई हस्तान्तरण गर्न माग

दैनिक संवाददाता दैनिक संवाददाता
|
सोमबार, श्रावण ४, २०८३
|
|
५८ पटक हेरिएको
Shares
कन्या छात्रावास १५ दिनभित्र मविव क्याम्पसलाई हस्तान्तरण गर्न माग

सारांश

  • स्ववियु सभापति रंजित कुमार यादवसहित स्ववियुका पदाधिकारी तथा विद्यार्थीहरुले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारीलाई स्मरण पत्र बुझाउँदै ती आवश्यक सबै कार्य प्रक्रिया पुरा गरि १५ दिनभित्र क्याम्पसलाई हस्तान्तरण गर्न माग गरिएको हो ।
  • बुझाइएको स्मरणपत्रमा २० वर्ष देखि अलपत्र राखेर राज्यको करोडो लगानी खेर गइरहेको भन्दै जिल्लाकै गरिमा तथा क्याम्पसका लागि अति आवश्यक योजना यसरी दुई दशकदेखि अलपत्र हुनुले अनेको समस्या उब्जिएको उल्लेख छ ।
  • सोही पत्रमा “निर्माण कार्यमा संलग्न व्यक्तिहरुको गलत मनसायका कारण यस क्याम्पसका हजारौ जेहेन्दार तथा गरिब छात्राहरुलाई चर्को भाडा रकम तिरेर व्यक्तिको निजि घरहरुमा बसेर समस्या झेल्नु परिरहेको जनाउँदै निर्माण व्यवसायीले हालसम्म छात्रावास हस्तान्तरण नगरेकोले त्यसको उपयोग हुन सकेको छैन् ।
दैनिक समाचारदाता
राजविराज, ४ साउन । 
महेन्द्र विन्देश्वरी वहुमुखी क्याम्पसका लागि निर्माण गरिएको कन्या छात्रावास तुरुन्त क्याम्पस प्रशासनलाई हस्तान्तरण तथा छात्रावासमा बाँकी रहेको कामकाज तथा समयमा काम नगर्दा जिर्ण भएकोले त्यसमा भएको क्षतिबारे अनुसन्धान गर्न छानविन समिति बनाउन माग गर्दै सोमबार प्रमुख जिल्ला अधिकारीलाई स्मरण पत्र बुझाइएको छ ।
स्ववियु सभापति रंजित कुमार यादवसहित स्ववियुका पदाधिकारी तथा विद्यार्थीहरुले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारीलाई स्मरण पत्र बुझाउँदै ती आवश्यक सबै कार्य प्रक्रिया पुरा गरि १५ दिनभित्र क्याम्पसलाई हस्तान्तरण गर्न माग गरिएको हो ।
बुझाइएको स्मरणपत्रमा २० वर्ष देखि अलपत्र राखेर राज्यको करोडो लगानी खेर गइरहेको भन्दै जिल्लाकै गरिमा तथा क्याम्पसका लागि अति आवश्यक योजना यसरी दुई दशकदेखि अलपत्र हुनुले अनेको समस्या उब्जिएको उल्लेख छ ।
सोही पत्रमा “निर्माण कार्यमा संलग्न व्यक्तिहरुको गलत मनसायका कारण यस क्याम्पसका हजारौ जेहेन्दार तथा गरिब छात्राहरुलाई चर्को भाडा रकम तिरेर व्यक्तिको निजि घरहरुमा बसेर समस्या झेल्नु परिरहेको जनाउँदै निर्माण व्यवसायीले हालसम्म छात्रावास हस्तान्तरण नगरेकोले त्यसको उपयोग हुन सकेको छैन् ।” जिकिर गरिएको छ ।
उक्त छात्रावास क्याम्पसलाई तत्काल हस्तान्तरणको लागि यसअघि २०८३ जेठ २६ गते ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाएको स्मरण गराउँदै पत्रमा भनिएको छ, “हालसम्म सो विषयमा केही पहल भएको छैन् । अबको १५ दिनमा आवश्यक सबै कार्य प्रक्रिया पुरा गरि छात्रावास भवन क्याम्पसलाई हस्तान्तरण गर्न माग गर्दछौं ।”
यसअघि पनि पटकपटक सो कार्यको लागि जानकारी गराउँदा राज्यले गम्भीरतापूर्वक नलिएकोले अबको १५ दिनमा माग पुरा नभए बाध्यतावस सशक्त कदम चालेर जनहितको लागि छात्रवास संचालनमा ल्याउने चेतावनी समेत दिइएको छ ।
सो स्मरण पत्र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, जिल्ला समन्वय समिति, राजविराज नगरपालिका, भौतिक पुर्वाधार कार्यालय, म.वि.व.क्याम्पस, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नं. ६ गणलाई बोधार्थ समेत गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्षेत्री दम्पत्तिले घर जग्गा फिर्ता पाउने
क्षेत्री दम्पत्तिले घर जग्गा फिर्ता पाउने
कोरोना महामारीका कारण रोकिएको छोरी शिक्षा बिमा पुनः शुरु 
कोरोना महामारीका कारण रोकिएको छोरी शिक्षा बिमा पुनः शुरु 
सूचनाको हकबाट कसैलाई बञ्चित हुन नदिन आग्रह
सूचनाको हकबाट कसैलाई बञ्चित हुन नदिन आग्रह
तीन दिनदेखी मरेको चौपाया उठाउन नगरपालिकाले देखाएन चासो, एक सातादेखी फोहर नउठाउदा नगर दुर्घन्धित
तीन दिनदेखी मरेको चौपाया उठाउन नगरपालिकाले देखाएन चासो, एक सातादेखी फोहर नउठाउदा नगर दुर्घन्धित
विवाह र जन्मदर्ता नबनाएपछि दुई नाबालकसहित पलियाको विचल्ली, घर जग्गा बेचेर श्रीमान् फरार
विवाह र जन्मदर्ता नबनाएपछि दुई नाबालकसहित पलियाको विचल्ली, घर जग्गा बेचेर श्रीमान् फरार
बजार बन्द गराउँदै सप्तरीका उधोगी व्यवसायी सडकमा
बजार बन्द गराउँदै सप्तरीका उधोगी व्यवसायी सडकमा
बैश्य समाज सप्तरीको २१ सदस्यीय नयाँ कार्य समिति चयन
बैश्य समाज सप्तरीको २१ सदस्यीय नयाँ कार्य समिति चयन
बबिता र मनोजबीचको अन्तरजातिय प्रेम विवाहले लियो नयाँ मोड, जन्मदर्ताका अनुसार बबिताको उमेर १३ वर्ष 
बबिता र मनोजबीचको अन्तरजातिय प्रेम विवाहले लियो नयाँ मोड, जन्मदर्ताका अनुसार बबिताको उमेर १३ वर्ष 
विद्युत हुकिङ गरि चोरी गर्ने ६ जना पक्राउ
विद्युत हुकिङ गरि चोरी गर्ने ६ जना पक्राउ
तिलाठीको बजेट ४४ करोड भन्दा बढी, बालविवाहलाई निरुत्साहन गर्न “बालिकासँग  उपाध्यक्ष कार्यक्रम सञ्चालन” हुने
तिलाठीको बजेट ४४ करोड भन्दा बढी, बालविवाहलाई निरुत्साहन गर्न “बालिकासँग  उपाध्यक्ष कार्यक्रम सञ्चालन” हुने