भन्सार कार्यालयको ९० प्रतिशत भन्दा बढी राजस्व संकलन

दैनिक संवाददाता दैनिक संवाददाता
|
बुधबार, श्रावण ६, २०८३
|
|
७१ पटक हेरिएको
Shares
भन्सार कार्यालयको ९० प्रतिशत भन्दा बढी राजस्व संकलन

सारांश

  • उक्त कार्यालयले ८ करोड १७ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ७ करोड ४२ लाख रुपैयाँ राजस्व संकलन गर्न सफल भएको हो ।
  • यसअघि अघिल्लो आब २०८१÷०८२ मा तोकिएको भन्दा कम ८० दशमलव ९३ प्रतिशत मात्र राजस्व संकलन गरेको थियो ।
  • २०८२÷०८३ मा भने १० प्रतिशत राजस्व संकलन बृद्धि गर्न सफल भएको राजविराज भन्सार कार्यालयका नायब सुब्बा एवं सूचना अधिकारी विजय कुमार साहले जानकारी दिए ।
दैनिक समाचारदाता
राजविराज, ६ साउन । 
राजविराज भन्सार कार्यालयले आर्थिक बर्ष २०८२÷२०८३ मा राजश्व संकलनका लागि लिएको लक्ष्य मध्ये ९० दशमलव १ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ ।
उक्त कार्यालयले ८ करोड १७ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ७ करोड ४२ लाख रुपैयाँ राजस्व संकलन गर्न सफल भएको हो ।
यसअघि अघिल्लो आब २०८१÷०८२ मा तोकिएको भन्दा कम ८० दशमलव ९३ प्रतिशत मात्र राजस्व संकलन गरेको थियो ।
२०८२÷०८३ मा भने १० प्रतिशत राजस्व संकलन बृद्धि गर्न सफल भएको राजविराज भन्सार कार्यालयका नायब सुब्बा एवं सूचना अधिकारी विजय कुमार साहले जानकारी दिए । लक्ष्य शत प्रतिशत पुरा नभए पनि प्रतिकूल अवस्था र नाकामा देखिएका विभिन्न समस्याकाबीच प्राप्त नतिजा संतोषजनक नै मान्नु पर्ने नायब सुब्बा साहको कथन छ । उनका अनुसार भन्सार कार्यालय प्रवेश गर्ने मुख्य सडक र पुल लामो समय देखि जीर्ण हुँदा आवागमन प्रभावित भई राजस्व संकलन कार्यमा समेत प्रभाव पारेको छ ।
भन्सार कार्यालयको ५० मिटर दुरीमा मात्र रहेको सडक र पुल तीन बर्ष अघि आएको बाढीले क्षतिग्रस्त बनाएको र अझै  मरमत सम्भार हुन नसक्दा ठूला सबारी साधन आवतजावत ठप्प नै रहेको उनको भनाई छ ।
उनले बिगतमा भारतीय चलचित्रहरुबाट समेत राम्रै राजस्व संकलन हुने गरेकोमा हाल चलचित्र गृहहरु कम हुँदै गएका कारण पनि राजस्व संकलन कार्यमा प्रभाव पारेको सुनाए । यस नाकाबाट मुख्य रुपमा कपडा इलेक्ट्रोनिक्स, किराना तथा विभिन्न उद्योगका कच्चा पदार्थ आयात हुने गरेको छ ।
लामो समयदेखी सडक र पुल जीर्ण हुँदा राजस्व संकलनमा मात्र नभई सर्वसाधारणलाई आवगमनमा समेत समस्या भईरहेकाले यसतर्फ सरोकारबाला निकायको ध्यान जानुपर्ने स्थानियहरुको सुझाव रहेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेशका मुख्यमन्त्रीद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण
मधेश प्रदेशका मुख्यमन्त्रीद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण
लगातारको वर्षाले सप्तरीको जनजिवन प्रभावित
लगातारको वर्षाले सप्तरीको जनजिवन प्रभावित
स्व. सिंहको सामाजिक पक्ष पनि उत्तिकै सवल ः वक्ताहरु 
स्व. सिंहको सामाजिक पक्ष पनि उत्तिकै सवल ः वक्ताहरु 
हिंसामुक्त समाज निर्माणको लागि सबैको  साझा प्रयास आवश्यक ः गृहमन्त्री लेखी
हिंसामुक्त समाज निर्माणको लागि सबैको  साझा प्रयास आवश्यक ः गृहमन्त्री लेखी
महिला सशक्तिकरणका लागि मिलेर काम गर्नु पर्नेमा जोड
महिला सशक्तिकरणका लागि मिलेर काम गर्नु पर्नेमा जोड
सांसद साहले एयरपोर्टमा गरे तोडफोड
सांसद साहले एयरपोर्टमा गरे तोडफोड
कावा नगरप्रमुखले आर्थिक अनियमितता गरेको भन्दै राजनीतिक दलद्वारा छानबिनको माग 
कावा नगरप्रमुखले आर्थिक अनियमितता गरेको भन्दै राजनीतिक दलद्वारा छानबिनको माग 
सप्तरी क्षेत्र नं. ३ बाट लोसपा  वरिष्ठ नेता महतोसहित चार  जनाको नाम सिफारिस
सप्तरी क्षेत्र नं. ३ बाट लोसपा  वरिष्ठ नेता महतोसहित चार  जनाको नाम सिफारिस
राजविराजमा जेनजीको प्रर्दशनपछी कफ्र्य जारि, चार पार्टी कार्यालयसहित झण्डै एक दर्जन कार्यालयमा तोडफोड र आगजनीमा, करोडौंको क्षति दर्जनौं निजि तथा सरकारी सवारीसाधन जलेर खरानी 
राजविराजमा जेनजीको प्रर्दशनपछी कफ्र्य जारि, चार पार्टी कार्यालयसहित झण्डै एक दर्जन कार्यालयमा तोडफोड र आगजनीमा, करोडौंको क्षति दर्जनौं निजि तथा सरकारी सवारीसाधन जलेर खरानी 
२०१९ को विदा सँगै २०२० को आगमन