बरामद लत्ताकपडासहित दुई वटा मोटरसाइकल र तीन जनालाई भन्सार बुझाइयो

दैनिक संवाददाता दैनिक संवाददाता
|
बुधबार, श्रावण १३, २०८३
|
|
१५ पटक हेरिएको
Shares
बरामद लत्ताकपडासहित दुई वटा मोटरसाइकल र तीन जनालाई भन्सार बुझाइयो

सारांश

  • प्रहरी चौकी पातो र प्रहरी चौकी तरहीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले डाक्नेश्वरी नगरपालिका ३ स्थित तरही चोक सडकखण्डमा भारतको लौकहीबाट नेपालतर्फ आउँदै गरेका दुई मोटरसाइकललाई शंकाका आधारमा रोकी जाँच गरेको थियो ।
  • जाँचका क्रममा मधेश प्रदेश ०६–००१–प १२७४ नम्बरको मोटरसाइकल चालक डाक्नेश्वरी ३ निवासी २२ वर्षीय अख्तर र सोही मोटरसाइकलको पछाडि सवार १९ वर्षीय अमित कुमार रायले बोकेको रातो बोराभित्र विभिन्न किसिमका लत्ताकपडा फेला परेको हो ।
  • त्यसैगरी बीआर १४ ई ०४३९ नम्बरको मोटरसाइकल चलाइरहेका चालक २५ वर्षीय मोहम्मद ईजरायलले मोटरसाइकल पछाडि बाँधेका सेतो बोराबाट पनि भन्सार छली गरी ल्याइएका विभिन्न लत्ताकपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।
दैनिक समाचारदाता
राजविराज, १२ साउन । 
सप्तरी प्रहरीले भारतबाट भन्सार छली गरी ल्याइँदै गरेका विभिन्न लत्ताकपडासहित तीन जना र दुई वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी पातो र प्रहरी चौकी तरहीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले डाक्नेश्वरी नगरपालिका ३ स्थित तरही चोक सडकखण्डमा भारतको लौकहीबाट नेपालतर्फ आउँदै गरेका दुई मोटरसाइकललाई शंकाका आधारमा रोकी जाँच गरेको थियो ।
जाँचका क्रममा मधेश प्रदेश ०६–००१–प १२७४ नम्बरको मोटरसाइकल चालक डाक्नेश्वरी ३ निवासी २२ वर्षीय अख्तर र सोही मोटरसाइकलको पछाडि सवार १९ वर्षीय अमित कुमार रायले बोकेको रातो बोराभित्र विभिन्न किसिमका लत्ताकपडा फेला परेको हो ।
त्यसैगरी बीआर १४ ई ०४३९ नम्बरको मोटरसाइकल चलाइरहेका चालक २५ वर्षीय मोहम्मद ईजरायलले मोटरसाइकल पछाडि बाँधेका सेतो बोराबाट पनि भन्सार छली गरी ल्याइएका विभिन्न लत्ताकपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।
बरामद लत्ताकपडा, दुईवटा मोटरसाइकल तथा पक्राउ परेका तीनै जनासहित ३ लाख ६९ हजार ६ सय बराबरको सामान आवश्यक कारबाहीका लागि सोमबार नै राजविराज भन्सार कार्यालय तिलाठी सप्तरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विकासको काममा बाधकहरुलाई कुनै पनि हालतमा छुट हुँदैन ः एसपी मनोज यादव 
प्रदेश २ का लोकसेवा आयोग अध्यक्ष र नीति आयोग उपाध्यक्षद्वारा सपथ
महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पाको निधन
महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पाको निधन
पोषण सप्ताहको अवसरमा बिद्यालयमा बिभिन्न कार्यक्रम संचालन
पोषण सप्ताहको अवसरमा बिद्यालयमा बिभिन्न कार्यक्रम संचालन
कर्मचारीलाई नेता जस्तो भाषण नदिन उद्योग मन्त्री मातृका यादवको चेतावनी
कर्मचारीलाई नेता जस्तो भाषण नदिन उद्योग मन्त्री मातृका यादवको चेतावनी
गौं हत्या गर्नेमाथी कारवाहीको माग गर्दै ज्ञापन
गौं हत्या गर्नेमाथी कारवाहीको माग गर्दै ज्ञापन
वर्षाैपछी घर अगाडी नालासहित पक्की सडक बन्ने भएपछी कारागार टोलका बासिन्दा खुशी
वर्षाैपछी घर अगाडी नालासहित पक्की सडक बन्ने भएपछी कारागार टोलका बासिन्दा खुशी
२०७२ को संविधान असफल भयो, २०४७ कै लागु गरौं ः राजतन्त्र पक्षधर किशोरी महतो
२०७२ को संविधान असफल भयो, २०४७ कै लागु गरौं ः राजतन्त्र पक्षधर किशोरी महतो
सहकारीहरुको अवस्थालाई उकास्न बैंकले आवश्यक सहयोग गर्ने ः अध्यक्ष उप्रेती
सहकारीहरुको अवस्थालाई उकास्न बैंकले आवश्यक सहयोग गर्ने ः अध्यक्ष उप्रेती
बैंक संचालन सम्बन्धी हनुमाननगरमा अन्तरक्रिया सम्पन्न
बैंक संचालन सम्बन्धी हनुमाननगरमा अन्तरक्रिया सम्पन्न