राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

दैनिक संवाददाता दैनिक संवाददाता
|
शुक्रबार, भाद्र २६, २०८३
|
|
१०८ पटक हेरिएको
Shares
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

सारांश

  • अध्यक्षसहित कार्यसमितिका १३ तथा ९ केन्द्रीय पार्षदका लागि हुने निर्वाचनमा दुई समूह प्यानलसहित तथा एक जना स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी मैदानमा छन् ।
  • उक्त २२ पदका लागि ४३ जनाको उम्मेदवारी परेको छ ।
  • बृहत प्रजातान्त्रिक समूह (डिएलए) ले अधिवक्ता नविन सिंहको नेतृत्वमा तथा बृहत गणतान्त्रिक, लोकतान्त्रिक र प्रगतिशील समूहले बलराम सिंहको नेतृत्वमा प्यानलसहित तथा अधिवक्ता देव बहादुर कटुवालले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।
दैनिक समाचारदता
राजविराज, २६ भदौ । 
राजविराज उच्च अदालत बार एशोसिएसनको आज हुन गइरहेको निर्वाचनमा तीन जना अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
अध्यक्षसहित कार्यसमितिका १३ तथा ९ केन्द्रीय पार्षदका लागि हुने निर्वाचनमा दुई समूह प्यानलसहित तथा एक जना स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी मैदानमा छन् । उक्त २२ पदका लागि ४३ जनाको उम्मेदवारी परेको छ ।
बृहत प्रजातान्त्रिक समूह (डिएलए) ले अधिवक्ता नविन सिंहको नेतृत्वमा तथा बृहत गणतान्त्रिक, लोकतान्त्रिक र प्रगतिशील समूहले बलराम सिंहको नेतृत्वमा प्यानलसहित तथा अधिवक्ता देव बहादुर कटुवालले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।
बृहत प्रजातान्त्रिक समूहको तर्फबाट अध्यक्ष पदमा नवीन सिंह, उपाध्यक्षमा उमाशंकर देव, सचिवमा रामकुमार यादव, सहसचिवमा सुनिता कुमारी दास र कोषाध्यक्षमा उपेन्द्र यादव छन् ।
यस्तै सदस्यमा सुरेन्द्र प्रसाद यादव, प्रकाश कुमार यादव, डा. शिवनारायण यादव, बीपी कोइराला, सञ्जीव कुमार यादव, दिलिप यादव, मिथलेशचन्द्र लाभ र दिनेश कुमार सिंह चुनावी मैदानमा छन् । सोही प्यानलबाट केन्द्रीय पार्षदमा सुधा देव, गुञ्जेश्वर प्रसाद यादव, नारायण प्रसाद साह, डा. देवनारायण यादव, अशोक कुमार झा, नित्यदेव प्रसाद यादव, धीरेन्द्र प्रसाद यादव, बलवीर चौधरी र डा सन्तोष कुमार चमन यादव चुनावी मैदानमा छन् ।
बलराम सिंह अध्यक्ष पदको उम्मेदवार रहेको बृहत गणतान्त्रिक, लोकतान्त्रिक प्रगतिशील समूहको तर्फबाट उपाध्यक्षमा विनोद पाण्डे, सचिवमा पार्वती जोशी थारु, सहसचिवमा अस्मिता थापा र कोषाध्यक्षमा भोगीलाल यादवले उम्मेदवारी दिएका छन् ।
सो प्यानलबाट सदस्य पदमा रामप्रसाद यादव, सतीश कुमार दत्त, बालकृष्ण कार्की, भागवत यादव, रामनारायण चौधरी, सन्तोष कुमार चौधरी र राजकुमार साह चुनावी मैदानमा छन् ।
उक्त प्यानलबाट केन्द्रीय पार्षदमा श्याम कुमार पोखरेल, श्यामकान्त चौधरी, मनोज देव, बालकृष्ण ढुङ्गाना, कौशल किशोर दत्त, सत्यनारायण साह र अजय कुमार चौधरी चुनावी मैदानमा छन्
उक्त प्यानलबाट सदस्य पदका उम्मेदवार रहेका चन्द्रकान्त यादव र केन्द्रीय पार्षदका उम्मेदवार रहेका डा.हेमकुमार मिश्रले भने उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिका संयोजक धर्मेन्द्र यादवले जानकारी दिए ।
यसैबीच बृहत् प्रजातान्त्रिक समूहको तर्फबाट सदस्य पदका उम्मेदवार रहेका दिलीप यादवले आफू बलराम सिंह नेतृत्वको बृहत गणतान्त्रिक, लोकतान्त्रिक प्रगतिशील समूहलाई समर्थन गरेको प्रेस विज्ञप्ति मार्फत जनाएका छन् ।
दुई वर्ष कार्यकालका लागि हुने बार एसोसिएसनको निर्वाचनमा कुल २१७ मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

शारीरिक रुपमा अशक्त रहेका व्यक्तिको तथ्याङ्क संकलन अभियान चलाईने

शारीरिक रुपमा अशक्त रहेका व्यक्तिको तथ्याङ्क संकलन अभियान चलाईने

सुरुङभित्रबाट मेकानिकल फोरम्यान सञ्जय साहसहित दुईको उद्धार उद्धार गरिएको खवर पाएपछी टोलवासी र आफन्तजन खुशी

सुरुङभित्रबाट मेकानिकल फोरम्यान सञ्जय साहसहित दुईको उद्धार उद्धार गरिएको खवर पाएपछी टोलवासी र आफन्तजन खुशी

घर भत्काउने कार्य यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

घर भत्काउने कार्य यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश