बहुबिवाह मुद्दाका फरार प्रतिवादी कारागार चलान 

राजविराज राजविराज
|
सोमबार, फाल्गुन ३, २०७७
|
|
८१ पटक हेरिएको
Shares
बहुबिवाह मुद्दाका फरार प्रतिवादी कारागार चलान 

सारांश

  •     सिरहाको लहान नगरपालिका वडा नं.
  • २३ माइती भएकी २१ वर्षिया पुनिता कुमारी चौधरीले बहुविवाह गरेको भन्दै २०७६ भदौं ८ गते सप्तरीको सुरुङगा नगरपालिका वडा नं.
  • ७ निवासी २८ वर्षिय उमेश चौधरी बिरुद्ध जाहेरी दिएकी थिइन् ।

दैनिक समाचारदाता
राजविराज, ३ फागुन । 
    बहुविवाह मुद्दामा फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरि अदालतको आदेशमा कैद भुक्तान गर्न कारागार चलान गरेको छ । 
    सिरहाको लहान नगरपालिका वडा नं. २३ माइती भएकी २१ वर्षिया पुनिता कुमारी चौधरीले बहुविवाह गरेको भन्दै २०७६ भदौं ८ गते सप्तरीको सुरुङगा नगरपालिका वडा नं. ७ निवासी २८ वर्षिय उमेश चौधरी बिरुद्ध जाहेरी दिएकी थिइन् । 
    प्रहरीका अनुसार जाहेरीपछि पक्राउ परेका चौधरीलाई २०७६ भदौं ३० गते सप्तरी जिल्ला  अदालतको आदेशले ५० हजार धरौटी रकम माग गरेको थियो । उक्त धरौटी रकम तिरी तारेखमा छुटेका चौधरीलाई २०७६ पुस ८ गते अदालतको आदेशले ५ हजार जरिवाना र ११ महिना १२ दिन कैदको फैसला गरेको थियो । 
    फैसला लगत्तै फरार रहेका चौधरीलाई ईलाका प्रहरी कार्यालय कडरवोनावाट खटिएका प्रहरी टोलीले २०७७ फागुन १ गते घरबाटै पक्राउ गरेको जनाएको छ । 
    पक्राउ परेका चौधरीलाई फागुन २ गते जिल्ला अदालतको आदेशले कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वरप्रसाद साहले जानकारी दिएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ढल निकासको उचित व्यवस्थापन नहुँदा टोल पोखरीमा परिणत, तीन दर्जन परिवार समस्यामा
ढल निकासको उचित व्यवस्थापन नहुँदा टोल पोखरीमा परिणत, तीन दर्जन परिवार समस्यामा
मृत अवस्थामा पुरुष फेला  
मृत अवस्थामा पुरुष फेला  
विश्व हुलाक दिवसमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी सम्मानित 
विश्व हुलाक दिवसमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी सम्मानित 
काँग्रेसप्रति जनताको  आकर्षण र जनलहर  बढ्दै छ ः नेता ढुङ्गाना
काँग्रेसप्रति जनताको  आकर्षण र जनलहर  बढ्दै छ ः नेता ढुङ्गाना
सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा 
सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा 
थप १५ जना कैदीबन्दी  पक्राउ, एक कैदी मृत फेला
थप १५ जना कैदीबन्दी  पक्राउ, एक कैदी मृत फेला
दाईजो दिने रकमबाट बेहुलीले बाँडिन् विपन्न महिला, बालबालिकालाई लत्ताकपडा
दाईजो दिने रकमबाट बेहुलीले बाँडिन् विपन्न महिला, बालबालिकालाई लत्ताकपडा
बैदेशिक रोजगारीमा गएका मध्येबाट  कंचनरुपका १४ जनाले गुमाए ज्यान
बैदेशिक रोजगारीमा गएका मध्येबाट  कंचनरुपका १४ जनाले गुमाए ज्यान
प्रदेश सरकारले अग्निपीडितका लागि  आवास बनाइदिने ः मुख्यमन्त्री यादव
प्रदेश सरकारले अग्निपीडितका लागि  आवास बनाइदिने ः मुख्यमन्त्री यादव
मधवापुरमा कुस्ती प्रतियोगिता सुरू 
मधवापुरमा कुस्ती प्रतियोगिता सुरू 

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी