दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
दोहोरो नागरिकता कसुर मुद्दाका एक फरार प्रतिवादी पाँच वर्षपछि सोमबार पक्राउ परेका छन् ।
अदालतबाट कैद सजाय तोकिएपछि फरार भएका सप्तरीको बोदेबरसाईन नगरपालिका ८ बस्ने ३२ वर्षिय जिवछ ठाकुर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घरमा लुकिबसेको गोप्य सूचनाको आधारमा सोमबार दिउँसो इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटेको प्रहरी टोलीले ठाकुरलाई पक्राउ गरेको हो ।
२०७२ साल जेठ १४ गते दोहोरो नागरिकता कसुर मुद्दामा सप्तरी जिल्ला अदालतबाट एक वर्ष कैद र २० हजार जरिवाना तोकिएपछि ठाकुर फरार भएका थिए ।
ठाकुरलाई सोमबारै अदालतमा उपस्थित गराई आदेशानुसार कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पाँच वर्षपछि दोहोरो नागरिकताका फरार प्रतिवादी पक्राउ
सारांश
- अदालतबाट कैद सजाय तोकिएपछि फरार भएका सप्तरीको बोदेबरसाईन नगरपालिका ८ बस्ने ३२ वर्षिय जिवछ ठाकुर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- घरमा लुकिबसेको गोप्य सूचनाको आधारमा सोमबार दिउँसो इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटेको प्रहरी टोलीले ठाकुरलाई पक्राउ गरेको हो ।
- २०७२ साल जेठ १४ गते दोहोरो नागरिकता कसुर मुद्दामा सप्तरी जिल्ला अदालतबाट एक वर्ष कैद र २० हजार जरिवाना तोकिएपछि ठाकुर फरार भएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
बालक मृत अवस्थामा फेला
सामुदायिक पहल र परियोजनाको सहयोगले पोखरीको मुहार फेरियो
गुरुकुल सहकारीको ६औं साधारणसभा, महिला सशक्तीकरण र स्वरोजगारमा जोड
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
प्रतिक्रिया
० प्रतिक्रिया