अस्पतालका चिकित्सकले बिरामीलाई  दुव्र्यबहार र गालीगलौज गर्दै बाहिर निकाले

राजविराज राजविराज
|
सोमबार, भाद्र २१, २०७८
|
|
७५ पटक हेरिएको
Shares
अस्पतालका चिकित्सकले बिरामीलाई  दुव्र्यबहार र गालीगलौज गर्दै बाहिर निकाले

सारांश

  •     सो अस्पतालमा उपचार गराइरहेकी राजविराज नगरपालिका वडा नं.
  • २ निवासी ललिता देवी साहलाई चिकित्सक डा.
  • प्रणेश यादवले गालीगलौज गर्दै बाहिर निकालेका हुन् ।

दैनिक समाचारदाता
राजविराज, २० भदौ । 
    राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना भएका एक बिरामीलाई अस्पतालका चिकित्सकले दुव्र्यबहार र गालीगलौज गर्दै आइतबार बाहिर निकालेका छन् ।
    सो अस्पतालमा उपचार गराइरहेकी राजविराज नगरपालिका वडा नं. २ निवासी ललिता देवी साहलाई चिकित्सक डा. प्रणेश यादवले गालीगलौज गर्दै बाहिर निकालेका हुन् ।
    दुर्घटनामा घाइते भएर उपचारका लागि भर्ना भएकी साह तीन सातादेखि अस्पतालमा उपचार गराइरहेकी थिइन् । उनलाई गालीगलौज गर्दै अस्पतालको बेडबाट जबरजस्ती बाहिर निकालिएको हो । 
    ललिताकी सासू सवितादेवीले बुहारी दु:खाईले छटपटिरहेकी बेला स्वास्थ्यकर्मीले स्लाइन पानी र सुई ल्याउने भनेपछि आफू औषधी लिएर आएको केहि बेरमै डाक्टर यादवले बाहिर निकालिदिएको बताएकी छिन् । 
    चिकित्सकले बाहिर निकालिदिएपछि उनलाई दिनभर अस्पताल प्राङणको खुल्ला ठाउँमा राखिएको थियो । 
    गत भदौं १ गते ललिताकी श्रीमान् यदुनन्दनले चलाइरहेको सिटी रिक्सामा चढेर घरतर्फ जाने क्रममा राजविराजस्थित गजेन्द्र चोकमा स.१ह. १३४३ नम्बरको सिटी रिक्साले ठक्कर दिएपछि उनको खुट्टा भाँचेको थियो भने उनको नशा पनि काटिएको थियो ।
    खुट्टा भाँचिएपछि उनको उपचार डा. यादवले नै गरेका थिए । भाँचिएको खुट्टाको प्लास्टर यादवले गरेपनि दुखाई कम नहुँदा उनी अस्पतालमै भर्ना रहेकी थिइन् ।
    यता आरोपित चिकित्सक डा. यादवले ललितादेवीलाई आफूले ननिकालेको भन्दै आफूमाथि लगाइएको आरोप झुठो रहेको दाबी गरे । उनले ललितालाई एकसाताअघि नै डिस्जार्च गर्दा समेत नगएका कारण अन्य कर्मचारीले निकालेको हुन सक्ने बताए । 
    अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रंजित झा पनि डिस्चार्ज गरिएका कारण जान नमानेपछि पठाएको हुन सक्ने बताए । यद्यपी के कसो भएको हो त्यसको बिषयमा आफू काठमाडौंमा भएका कारण जानकारी नभएको उनले बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजाज खडक वारियर्स फाइनलमा
बजाज खडक वारियर्स फाइनलमा
खडक नगरपालिकामा १५ शैय्याको आधारभुत अस्पताल निर्माण हुँदै
खडक नगरपालिकामा १५ शैय्याको आधारभुत अस्पताल निर्माण हुँदै
प्रतिष्ठानको निर्माण कार्य सुचारु गर्न माग राख्दै सिठ्ठी जुलुस
प्रतिष्ठानको निर्माण कार्य सुचारु गर्न माग राख्दै सिठ्ठी जुलुस
आपराधिक घटना न्युनिकरण तथा  रोकथामका लागी प्रहरीले विद्यार्थी पढाउदै 
आपराधिक घटना न्युनिकरण तथा  रोकथामका लागी प्रहरीले विद्यार्थी पढाउदै 
गजेन्द्रनारायण सिंहको सम्झना
गजेन्द्रनारायण सिंहको सम्झना
कानुनी साक्षरता कार्यक्रम सम्पन्न
कानुनी साक्षरता कार्यक्रम सम्पन्न
त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
दुर्घटनामा मोटरसाइकल चालकसहित छोराछोरी  तथा म्याजिकको ठक्करबाट महिला घाइते
दुर्घटनामा मोटरसाइकल चालकसहित छोराछोरी  तथा म्याजिकको ठक्करबाट महिला घाइते
रंगहरुको त्योहार होलीको पनि रौनकता हराउँदै, परम्पराको संरक्षण गर्दै मर्यादित रुपमा होली पर्व मनाउन प्रहरीको आग्रह
रंगहरुको त्योहार होलीको पनि रौनकता हराउँदै, परम्पराको संरक्षण गर्दै मर्यादित रुपमा होली पर्व मनाउन प्रहरीको आग्रह
ट्रकमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु, अर्का घाइते
ट्रकमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु, अर्का घाइते

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी