दैनिक समाचारदाता
राजविराज, ३ कात्तिक ।
खोला तर्ने क्रममा सप्तरीमा एक यूवक बुधबार वेपत्ता भएका छन् भने अर्को खोला तरेर बाहिर निस्कन सफल भएका छन् ।
सप्तरीको हनुमानगर कंकालनी नगरपालिका ९ निवासी २३ वर्षिय लालु मण्डल खोला तर्ने क्रममा वेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले सो नगरपालिका वडा नं. १४ बैरिया घाटस्थित रहेको जिता खोलाको भत्केको पुलबाट रम्पुरा मल्हनियातर्फ जाने क्रममा खोलाले बगाएर वेपत्ता भएको जनाएको छ ।
वेपत्ता भएका मण्डलसँगै २८ वर्षिय संजिव कुमार मण्डललाई पनि खोलाले बगाएको तर उनी खोला तरी बाहिर निस्किन सफल भएको प्रहरीले जनाएको छ ।
यता वेपत्ता भएका लालु मण्डलको खोजिकार्य तिब्र रुपमा भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।
खोला तर्ने क्रममा यूवक वेपत्ता
सारांश
- सप्तरीको हनुमानगर कंकालनी नगरपालिका ९ निवासी २३ वर्षिय लालु मण्डल खोला तर्ने क्रममा वेपत्ता भएका हुन् ।
- जिल्ला प्रहरी कार्यालय सप्तरीले सो नगरपालिका वडा नं.
- १४ बैरिया घाटस्थित रहेको जिता खोलाको भत्केको पुलबाट रम्पुरा मल्हनियातर्फ जाने क्रममा खोलाले बगाएर वेपत्ता भएको जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया