राजविराज÷सप्तरीको क्षेत्र नं. १ जुन जिल्लाको चार वटै क्षत्र मध्ये सबै भन्दा बढी मतदाता रहेको क्षेत्र हो । यस क्षेत्रमा पनि उम्मेदवारी दर्तासँगै सप्तरीको अन्य क्षेत्र जस्तै चुनावी माहोल तातेको छ ।
पछिल्लो प्रतिनिधिसभाको चुनावमा यस क्षेत्रबाट जनता समाजवादी पार्टी (जसपा) का डा. सूर्य नारायण यादव निर्वाचित भएका थिए ।
यसपल्ट जसपा–एमाले गठबन्धनबाट मधेश प्रदेशका सामाजिक विकास मन्त्री तथा जसपाका नेता नवलकिशोर साह साझा उम्मेदवारको रुपमा प्रस्तुत भएका छन् ।
यस्तै सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेसका जिल्ला सभापति रामदेव साह चुनावी मैदानमा छन् भने पूर्वसंविधानसभा सदस्य एवं नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज अशोक कुमार मण्डल पनि स्वतन्त्र उम्मेदवारी दिँदै चुनावी मैदानमा होमिएका छन् । प्रतिनिधिसभाको आकाक्षी हुँदा हुँदै पार्टीले आफूलाई नसोधी प्रदेशसभा तर्फको उम्मेदवार बनाएपछि रुष्ट भएका उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
यहाँ जनमत पार्टीबाट जयकान्त राउत, मंगोल नेशनल अर्गेनाइजेशन पार्टीबाट पदमबहादुर राना, नेमकिपाबाट विष्णुदेव यादव, नागरिक उन्मुक्ति पार्टीबाट टिका लक्ष्मी चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नागेश्वर प्रसाद साह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट निरन्जन कुशवाहा, नेपाल लोकतान्त्रिक पार्टीबाट श्रवणकुमार थारु पनि चुनावी मैदानमा छन् ।
यस्तै स्वतन्त्रबाट कबिन्द्र यादव, सर्वेन्द्र नायक, नारायण ठाकुर, विद्यानन्द लेखी, दिलिप चौधरी, प्रकाश नाटाहा, फजिल मन्सुरी, डा. रोहित पोखरेलगरि कुल २१ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् ।
यस क्षेत्रमा सप्तकोशी नगरपालिका, कंचनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, तिरहुत गाउँपालिका र अग्निसाइर कृष्णासवरण गाउँपालिकागरि पाँच पालिका पर्दछ । जसमध्ये पाँच महिना अघि सम्पन्न स्थानिय तहको निर्वाचनमा तीन पालिका प्रमुखमा नेपाली काँग्रेस र एक–एक पालिकामा जनमत तथा एमालेका उम्मेदवारले प्रमुख पदमा जित हात पारेका छन् । यही आधारमा आफ्नो जित सुनिश्चित रहेको सत्ता गठबन्धनका साझा उम्मेदवार रामदेव साहको दाबी छ ।
मधेश प्रदेशका सामाजिक विकास मन्त्री समेत रहेका साहले यस क्षेत्रमा गरेको दर्जनौं विकासका कामलाई आधार बनाएर जित सुनिश्चित गर्ने दाउमा छन् । अघिल्लो चुनावमा प्रदेशसभा सदस्य पदमा जितेका साह आफूले स्वास्थ्य, शिक्षा, पर्यटन, खेलकुद, कृषि लगायतको क्षेत्रमा गरेको विकास निर्माण कार्यको मुल्याङ्कन, मतदाताले गर्ने र प्रतिनिधिसभा सदस्य पदमा समेत मौका दिने कुरामा आफू पूर्ण आशावादी रहेको बताउछन् ।
यहाँ सत्तारुढ गठबन्धनका बागि उम्मेदवार नेकपा माओवादी केन्द्रका अशोककुमार मण्डलको उपस्थितिले सत्तारुढ गठबन्धनका आधिकारीक उम्मेदवार रामदेव साहको केही मत काट्ने र यसको लाभ जसपा–एमाले गठबन्धनका साँझा उम्मेदवार नवलकिशोर साहले पाउन सक्ने आंकलन समेत गरिएको छ । तर मण्डलले भने आफू सत्तारुढ गठबन्धन र विपक्षि गठबन्धन दुबैको मत तानेर जित निकाल्ने दाबी गर्छन् ।
यस क्षेत्रबाट रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी अध्यक्ष पदबाट राजिनामा दिँदै डा. रोहित पोखरेल पनि स्वतन्त्र उम्मेदवारको रुपमा चुनावी मैदानमा छन् । उनी तीनै जना मुख्य प्रतिस्पर्धीको मत विभाजन भई एउटा समुदायको एकलौटी मत प्राप्त गरि जित निकाल्ने दाउमा छन् ।
यस्तै जनमत पार्टीका उम्मेदवार जयकान्त राउत पनि चारै उम्मेदवारलाई मात दिन तयार देखिन्छन । सो क्षेत्रमा स्थानिय निर्वाचनमा जनतम पार्टीले एक नगरपालिकाको प्रमुख जितेपछि पार्टीको हौसला बुलन्द रहनुका साथै यस निर्वाचनमा परिणाम उल्टाउन सक्ने क्षमता रहेको छ ।
यहाँ अन्य साना दल र स्वतन्त्र उम्मेदवार भएपनि उनीहरु उपस्थितिमै सीमित हुने आंकलन गरिएको छ । यस क्षेत्रमा ५८ हजार दुई सय २९ पुरुष, ५४ हजार ९ सय ५८ महिला र अन्य ८ गरि कुल १ लाख १३ हजार एक सय ९५ मतदाता छन् ।
सबै भन्दा बढी मतदाता रहेको सप्तरी १ मा दुबै गठबन्धन तथा स्वतन्त्र उम्मेदवारबीच चुनावी भिडन्त
सारांश
- यस्तै सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेसका जिल्ला सभापति रामदेव साह चुनावी मैदानमा छन् भने पूर्वसंविधानसभा सदस्य एवं नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज अशोक कुमार मण्डल पनि स्वतन्त्र उम्मेदवारी दिँदै चुनावी मैदानमा होमिएका छन् ।
- प्रतिनिधिसभाको आकाक्षी हुँदा हुँदै पार्टीले आफूलाई नसोधी प्रदेशसभा तर्फको उम्मेदवार बनाएपछि रुष्ट भएका उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
- यहाँ जनमत पार्टीबाट जयकान्त राउत, मंगोल नेशनल अर्गेनाइजेशन पार्टीबाट पदमबहादुर राना, नेमकिपाबाट विष्णुदेव यादव, नागरिक उन्मुक्ति पार्टीबाट टिका लक्ष्मी चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नागेश्वर प्रसाद साह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट निरन्जन कुशवाहा, नेपाल लोकतान्त्रिक पार्टीबाट श्रवणकुमार थारु पनि चुनावी मैदानमा छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया