स्थानिय समाचार

निषेधाज्ञा खुकुलो भएसँगै बढ्न थाल्यो कोरोना संक्रमित

 राजविराज/सप्तरीमा निषेधज्ञा खुकुलो भए सँगै कोरोना संक्रमितहरु बढ्न थालेको छ । स्थानीय प्रशासनले जारी राखेको निषेधाज्ञालाई शुक्रवारदेखि खुकुलो गर्दै सवारीसाधन समेत संचालनका लागि अनुमति दिएको छ । बिहिवार १४ जनाको पिसिआर परिक्षण गर्दा ११ जना तथा शुक्रवार ३७ जनाको परिक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ कार्यालय सप्तरीले जनाएको छ ।….