स्थानिय समाचार
पशुपालनतर्फ बिना ब्याज ५० प्रतिशतसम्म ऋण दिने ब्यवस्था छ ः अध्यक्ष मण्डल
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले कृषि क्षेत्रको विकासका लागि गाउँपालिकाले पशुपालनतर्फ बिना ब्याज ५० प्रतिशतसम्म ऋण दिने ब्यवस्था गरिएको बताएका छन् । गाउँपालिकाको कृषि विकास शाखाद्वारा वडा नं. २ लौनियाँमा सोमबार आयोजित समूह सञ्चालन एवम् परिचालन गोष्ठी तथा किसान सुचिकरण प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै अध्यक्ष मण्डलले सो कुरा बताएका हुन् ।…..