खेलकुद
मेयर कप क्रिकेटमा सप्तरीले हरायो काठमाडौंलाई
जनकपुरमा संचालित मेयर कप टी–२० प्रतियोगिता अन्तर्गत खेलमा सप्तरीले काठमाडौँलाई ५ रनले पराजित गर्दै बिजयी सुरूवात गरेको छ । टस जितेर ब्याटिङ्ग गरेको सप्तरीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १ रनको योगफल खडा गरेको थियो । रोहन विकले सर्वाधिक ४० रन बनाए भने अभिशेक कार्कीले १२ र विकास दासले १० रन बनाउँदा अन्य खेलाडीले दोहरो अंकमा प्रवेश गर्न सकेनन् । …..