राजविराज÷विगत तीन दिनदेखी मरेको चौपायालाई ब्यवस्थापन गर्न नसक्दा र सात दिनदेखी नगरबाट फोहर पनि उठन नसक्दा नगर क्षेत्र दुर्घन्धित बन्दै गएको छ ।
राजविराज–रुपनी सडक खण्ड अन्तरगत पर्ने राजविराज ८ स्थित सडक किनारमा तीन दिनअघि मरेको बाछीलाई उठाउन सकिएको छैन् । मरेको बाछीलाई उठाउन नसक्दा फैलिएको दुर्घन्ध सहन नसकेपछि सो सडक खण्डबाट आवागमन गर्र्ने सर्वसाधारण नाक, मुख थुनेर हिड्न बाध्य भएका छन् ।
डम्पिङ साइट ब्यवस्थित नभएको तथा त्यहाबाट फैलिने दुर्घन्ध र हावाहुरीले उडाउने फोहरका कारण आफूहरुको स्वास्थ्यमा समस्या पर्न थालेको भन्दै आसपासका बासिन्दाले अवरोध गरेपछि नगरको फोहर बिसर्जन कार्य प्रभावित बन्न पुगेको हो ।
राजविराज नगरभरीका संकलित फोहर बिसर्जनका लागि डेढ वर्ष अघि वडा नं. १५ मा लिजमा जग्गा लिई डम्पिङ साइटको निर्माण कार्य थालिएको थियो । उक्त डम्पिङ साइटले अझै पूर्णता पाइसकेको छैन् । जसकाराण् बजार क्षेत्रका फोहर समेत उठ्न नसक्दा नगर दुर्घन्धित हुन थालेको छ ।
वडा नं. १५ का वडा अध्यक्ष ओमनारायण साहले फोहर बिर्सजनका लागि नगरपालिकाले बनाएको डम्पिङ साइटको घेरबार व्यवस्थित नभएको र आसपासका किसानहरुले त्यहाबाट फैलिने दुर्घन्ध र हावाहुरीले उडाउने फोहरले आफूहरु समस्यामा परेको भन्दै अवरोध गरेकाले समस्या उत्पन्न भएको बताए ।
बिशेष गरि छिमेकी वडा नं. ११ का बासिन्दाहरुले घेरबार ब्यवस्थित नभएसम्म उक्त स्थानमा फोहर बिसर्जन गर्न नदिने अडान लिएको वडा अध्यक्ष साहको भनाई छ । “फोहर बिर्सजन स्थललाई तार जालिले घेरबार गरिएको छ, हावाहुरीको समयमा प्लास्टिकजन्य फोहर सामाग्रिहरु उडेर अर्काको खेतबारी र घरसम्म पुग्ने गरेको गुनासाहरु आउने गरेका छन्, वडाअध्यक्ष साहले भने “डम्पिङस्थलको तारजालीले होइन इटाको पर्खालले नै घेरबार गर्नुपर्ने, दुर्घन्ध फैलिन नदिन आवश्यक औषधीको प्रयोग गर्नुपर्ने र फोहरलाई समयमै नष्ट गर्न अन्य प्रबिधीको प्रयोग गर्नु पर्ने लगायतका माग स्थानिय बासिन्दाले गरेका छन् ।
राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परबिनले डम्पिङसाइटमा फोहर बिर्सजनमा अवरोध गरिएपछि समस्या उत्पन्न भएको बताईन । उनले उक्त स्थललाई थप ब्वस्थित गर्न नगरपालिकाको साधनश्रोतले भ्याएसम्म काम अघि बढाइने बताईन् । उनले समस्या समाधानका लागि डम्पिङस्थल रहेको वडा १५ का वडाअध्यक्ष साह र सोही स्थलसँग जोडिएको अर्को वडा नं. ११ का वडा अध्यक्ष उदित नारायण यादवसमेतलाई राखी छलफल चलाइएको र चाडै समस्याको समाधान गरिने जनाएकी छिन् ।
तीन दिनदेखी मरेको चौपाया उठाउन नगरपालिकाले देखाएन चासो, एक सातादेखी फोहर नउठाउदा नगर दुर्घन्धित
सारांश
- राजविराज नगरभरीका संकलित फोहर बिसर्जनका लागि डेढ वर्ष अघि वडा नं.
- १५ मा लिजमा जग्गा लिई डम्पिङ साइटको निर्माण कार्य थालिएको थियो ।
- उक्त डम्पिङ साइटले अझै पूर्णता पाइसकेको छैन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया