लौनियाका अग्निपीडितलाई गाउँपालिकाको राहत

राजविराज राजविराज
|
आइतबार, फाल्गुन ६, २०८०
|
|
११३ पटक हेरिएको
Shares
लौनियाका अग्निपीडितलाई गाउँपालिकाको राहत

सारांश

  •     शुक्रबार रातिभएको आगलागीमा चार परिवारको घर जल्दा करिब ३० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको थियो ।
  • स्थानीय हरिकृष्ण मण्डल, विजय मण्डल, रामरतन मण्डल र भरत साफीको घर जल्दाकरिब ३० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको गाउँपालिकाले जनाएको छ ।
  •       अग्नीपीडित चारै परिवारलाई शनिबार तिलाठी कोईलाडी गाउँपालिकाले राहत सामग्री प्रदान गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, ६ फागुन ।

    सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा २ लौनियाका अग्निपीडित परिवारलाई गाउँपालिकाले राहत बितरण गरेको छ । 
    शुक्रबार रातिभएको आगलागीमा चार परिवारको घर जल्दा करिब ३० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको थियो । स्थानीय हरिकृष्ण मण्डल, विजय मण्डल, रामरतन मण्डल र भरत साफीको घर जल्दाकरिब ३० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको गाउँपालिकाले जनाएको छ । 
    अग्नीपीडित चारै परिवारलाई शनिबार तिलाठी कोईलाडी गाउँपालिकाले राहत सामग्री प्रदान गरेको छ ।
    छोरीको विहेको तयारीमा लागेका विजयको ४ तोला सुन, आधा किलो चाँदी, करिब ३० हजार नगद, २ सय किलो चामल, करिब १४ सय किलो धान जलेको थियो । यसैगरी कुशुमलाल मण्डलबाट फिर्ता पाएको सापटी रकम डेढ लाख रुपैयाँ जलेको रामरतन मण्डलले बताए । 
    प्रति परिवार २५ किलो चामल, ५ किलो मुरही, खाने तेल २ लिटर, नुन २ किलो, एक थानकम्बल, एक थानत्रिपाल, साडी एक थान, लुंगी एक थान, झुल एक थान, बेडसिट एक थान, आधाकिलो भुजिया, बाल्टिन एक थान र मग एक थान प्रदान गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए । 
    गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, वडा नं. २ लौनियाँका वडा अध्यक्ष कमलकुमार मण्डल, योजना शाखा प्रमुख दिपककुमार मण्डलसहितकाले राहत सामग्री हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघीय प्रणालीलाई समाप्त पार्न षडयन्त्र  सुरु भइसक्यो ः उपप्रम उपेन्द्र यादव
संघीय प्रणालीलाई समाप्त पार्न षडयन्त्र  सुरु भइसक्यो ः उपप्रम उपेन्द्र यादव
विद्युत चोरीमा एकै वडाका ६ जना गरी ७ जना कारवाहीमा
विद्युत चोरीमा एकै वडाका ६ जना गरी ७ जना कारवाहीमा
पसलबाट लाखौंको धनमाल चोरी गर्ने दुई नाबालक पक्राउ
पसलबाट लाखौंको धनमाल चोरी गर्ने दुई नाबालक पक्राउ
प्रतिष्ठान निर्माणका लागि दबाब स्वरुप संकलित १० हजार हस्ताक्षरसहित प्रर्दशन
प्रतिष्ठान निर्माणका लागि दबाब स्वरुप संकलित १० हजार हस्ताक्षरसहित प्रर्दशन
जिसस सप्तरीमा काँग्रेस, लोसपा,  जनमत र नेकपा एस गठबन्धन विजय
जिसस सप्तरीमा काँग्रेस, लोसपा,  जनमत र नेकपा एस गठबन्धन विजय
गाँजा खेती फडानी गर्दै प्रहरी
गाँजा खेती फडानी गर्दै प्रहरी
दशैका लागि छिन्नमस्ता मन्दिरलाई सिंगारिदै
दशैका लागि छिन्नमस्ता मन्दिरलाई सिंगारिदै
पिएम कपमा डाक्नेश्वरी बिजयी
पिएम कपमा डाक्नेश्वरी बिजयी
गर्भवति र सुत्केरी महिलालाई  अण्डासहितको पोषणयुक्त सामाग्रि बितरण 
गर्भवति र सुत्केरी महिलालाई  अण्डासहितको पोषणयुक्त सामाग्रि बितरण 
राजविराजमा जेनजीको प्रर्दशनपछी कफ्र्य जारि, चार पार्टी कार्यालयसहित झण्डै एक दर्जन कार्यालयमा तोडफोड र आगजनीमा, करोडौंको क्षति दर्जनौं निजि तथा सरकारी सवारीसाधन जलेर खरानी 
राजविराजमा जेनजीको प्रर्दशनपछी कफ्र्य जारि, चार पार्टी कार्यालयसहित झण्डै एक दर्जन कार्यालयमा तोडफोड र आगजनीमा, करोडौंको क्षति दर्जनौं निजि तथा सरकारी सवारीसाधन जलेर खरानी 

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी