दैनिक समाचारदाता
राजविराज, २५ माघ ।
राजविराजमा संचालिते प्रधानमन्त्री कप एकदिवसीय प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न खेलमा सप्तरीले महोत्तरीलाई ३ विकेटले पराजित गरेको छ । यो सप्तरीको लगातार दोस्रो जित हात हो ।
टस जितेर सप्तरीले पहिले फिल्डिङ रोजेको थियो । ब्याटिङको निम्तो पाएको महोत्तरीले निर्धारित ५० ओभरको खेलमा ४५ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ६५ रनको योगफल खडा गरेको थियो । महोत्तरीका लागि नवीन कुमार यादवले सर्वाधिक ३९ रनको योगदान दिए भने अभिषेक अधिकारीले ३२, अभिषेक तिवाडीले २१ र आदित्य मण्डलले ११ रन जोड्ेका थिए ।
बलिङतर्फ सप्तरीका अभिषेक कार्कीले ३, नितेश यादव र अजय यादवले समान २÷२ विकेट लिएका थिए । १ सय ६६ रनको लक्ष्य पछ्याएको सप्तरीले ३८ ओभर २ बलमा ७ विकेट गुमाउँदै उक्त लक्ष्य पुरा ग¥यो ।
सप्तरीका लागि भोला साहले ३०, पप्पु यादव (बि) ले २९, रोहन बिकले २६, अभिषेक कार्कीले २३ तथा रोबिन सिंहले १८ रन बनाएका थिए । बलिङतर्फ महोत्तरीका रमेश सहनीले ४, नितेश यादवले २ र आकाश मण्डलले १ विकेट हात पारेका थिए ।
खेलको उत्कृष्ट प्रदर्शनका आधारमा सप्तरीका अभिषेक कार्की ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनलाई सप्तरी क्रिकेट संघका सदस्य बिरेन्द्र यादवले नगद १ हजार ५ सय रुपैयाँसहित कप प्रदान गरेका थिए ।
सप्तरी क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगिताबाट छनोट भएका खेलाडीहरूले आगामी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
पिएम कपमा सप्तरीको दोस्रो जित
सारांश
- टस जितेर सप्तरीले पहिले फिल्डिङ रोजेको थियो ।
- ब्याटिङको निम्तो पाएको महोत्तरीले निर्धारित ५० ओभरको खेलमा ४५ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ६५ रनको योगफल खडा गरेको थियो ।
- महोत्तरीका लागि नवीन कुमार यादवले सर्वाधिक ३९ रनको योगदान दिए भने अभिषेक अधिकारीले ३२, अभिषेक तिवाडीले २१ र आदित्य मण्डलले ११ रन जोड्ेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया