एकल महिलाको आत्मविश्वासका साथै आत्मनिर्भर बनाउने प्रयास

दैनिक संवाददाता दैनिक संवाददाता
|
आइतबार, आषाढ १४, २०८३
|
|
३१८ पटक हेरिएको
Shares
एकल महिलाको आत्मविश्वासका साथै आत्मनिर्भर बनाउने प्रयास

सारांश

  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कंचनरुप नगरपालिकाको सहयोगमा आयोजित उक्त कार्यक्रमको समापनका अवसरमा आयोजक संस्था एकल महिला आत्मनिर्भर तथा पुनस्थापना केन्द्रकी अध्यक्ष जुही ठाकुरले एकल महिलाको आत्मनिर्भरता, प्रबद्र्धन, सीप विकास तथा क्षमता अभिबृद्धी, समाजिक सद्भाव र आत्मविश्वास बढाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ यस्तो अभियान चलाइएको जानकारी दिईन ।
  • उनले एकल महिलालाई घर ब्यवहार चलाउन, खर्चको जोहो गर्न र बालबालिकाका आवश्यक्ता, तथा शिक्षा दिक्षा पुरा गर्न कठिनाई हुने गरेको भन्दै हरेक पालिका र वडाले एकल महिलाको आत्मविश्वास बढाइ आत्मनिर्भर बनाउने प्रयासमा सहयोग र योगदान गर्न आवश्यक बजेट विनियोजन गर्नु पर्ने माग समेत गरिन ।
  • कार्यक्रमका प्रमुख अतिथी कंचनरुप नरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले एकल महिला सशक्तीकरणका लागी एकल महिला आत्मनिर्भरता तथा पुर्नस्थापना केन्द्र सप्तरीले चलाएको अभियानको प्रशंशा गर्दै अभियान सफल बनाउन नगरपालिकाबाट श्रोत साधनले भ्याए सम्म सहयोग गर्ने प्रतिबद्धता जनाए ।
दैनिक समाचारदाता
राजविराज, १४ असार । 
एकल महिलाहरुको आत्मविश्वास बढाउन तथा आत्मनिर्भर बनाउन एकल महिला आत्मनिर्भर तथा पुर्नस्थापना केन्द्र सप्तरीले अभियान चलाएको छ । सशक्त तथा आत्मनिर्भर एकल महिला नाराका साथ उक्त संस्थाले चलाएको अभियान अन्तर्गत आईतवार पाँच दिने सीपमूलक तालिम सम्पन्न भएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कंचनरुप नगरपालिकाको सहयोगमा आयोजित उक्त कार्यक्रमको समापनका अवसरमा आयोजक संस्था एकल महिला आत्मनिर्भर तथा पुनस्थापना केन्द्रकी अध्यक्ष जुही ठाकुरले एकल महिलाको आत्मनिर्भरता, प्रबद्र्धन, सीप विकास तथा क्षमता अभिबृद्धी, समाजिक सद्भाव र आत्मविश्वास बढाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ यस्तो अभियान चलाइएको जानकारी दिईन ।
उनले एकल महिलालाई घर ब्यवहार चलाउन, खर्चको जोहो गर्न र बालबालिकाका आवश्यक्ता, तथा शिक्षा दिक्षा पुरा गर्न कठिनाई हुने गरेको भन्दै हरेक पालिका र वडाले एकल महिलाको आत्मविश्वास बढाइ आत्मनिर्भर बनाउने प्रयासमा सहयोग र योगदान गर्न आवश्यक बजेट विनियोजन गर्नु पर्ने माग समेत गरिन ।
कार्यक्रमका प्रमुख अतिथी कंचनरुप नरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले एकल महिला सशक्तीकरणका लागी एकल महिला आत्मनिर्भरता तथा पुर्नस्थापना केन्द्र सप्तरीले चलाएको अभियानको प्रशंशा गर्दै अभियान सफल बनाउन नगरपालिकाबाट श्रोत साधनले भ्याए सम्म सहयोग गर्ने प्रतिबद्धता जनाए ।
पत्रकार महासंघ सप्तरीका सभापती श्रवण कुमार देवले केन्द्रद्वारा तालिम मार्फत प्रदान गरिएको सीपले एकल महिलाको उधमशिलता प्रबद्र्धन गरी रोजगारी सिर्जना गर्न तथा स्वालम्बी जीवनयापन गर्न ठूलो मदत पु¥याउने विश्वास ब्यक्त गरे ।
उनीहरुलाई केन्द्रकी अध्यक्ष ठाकुरका साथै कानुनी सल्लाहकार सतिष दत्त तथा धमेन्द्र यादव, सुरेन्द्र यादव, अभिषेक कर्ण, इसप्रिया झा, चितरंजन यादव लगायतले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।
कंचनरुप नगरपालिकामा मात्रै १ हजार ६ सय ४५ जना एकल महिला रहेको केन्द्रको तथ्यांकले देखाएकोे छ ।
पाँच दिन सम्म चलेको तालिममा २ सय एकल महिला सहभागी थिइन । ती मध्ये २० देखी ४५ उमेर समुहका महिलाहरुको चयन गरी तालिममा सहभागी गराइएको थियो । तालिममा सहभागीहरुलाई झोला, थर्मस लगायतका सामग्री पनि वितरण गरिएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुनै पनि कुरिती प्रहरीको एक्लो प्रयासले अन्त नहुने ः प्रदेश २ प्रहरी प्रमुख कार्की
कुनै पनि कुरिती प्रहरीको एक्लो प्रयासले अन्त नहुने ः प्रदेश २ प्रहरी प्रमुख कार्की
किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति 
किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति 
मधेश प्रदेश क्रिकेट छनोट खेलमा सिरहा र धनुषा बिजयी
मधेश प्रदेश क्रिकेट छनोट खेलमा सिरहा र धनुषा बिजयी
खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
पत्रकारिता क्षेत्रमा देखिएका बिकृतीलाई रोक्नु पर्नेमा जोड
पत्रकारिता क्षेत्रमा देखिएका बिकृतीलाई रोक्नु पर्नेमा जोड
लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
तीन महिना भित्र भ्रष्टाचार मुक्त प्रदेश  बनाउने मुख्यमन्त्री यादवको प्रतिबद्धता 
तीन महिना भित्र भ्रष्टाचार मुक्त प्रदेश  बनाउने मुख्यमन्त्री यादवको प्रतिबद्धता 
श्री ठाकुर बाबा दह, लोहजारा घोषणा पत्र जारि
श्री ठाकुर बाबा दह, लोहजारा घोषणा पत्र जारि
अक्षयकोषवाट बालवालिकालाई छात्रबृति 
अक्षयकोषवाट बालवालिकालाई छात्रबृति 
महिलालाई सचेतनामुलक कक्षा संचालन  तथा कृषि उपज सामग्री प्रदान 
महिलालाई सचेतनामुलक कक्षा संचालन  तथा कृषि उपज सामग्री प्रदान